Mero Chitwan
भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानद्वारा स्रष्टालाई सम्मान

चितवन : भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको छ । आज भरतपुर महानगरपालिकाको सभाहलमा प्रतिष्ठानका कुलपति रेनु दाहाल, महानगर उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना तथा उपकुलपति इन्द्र रेग्मीले संयुक्त रुपमा स्रस्टाहरूलाई सम्मान तथा पुरस्कृत गरेका हुन् । 

प्रज्ञा प्रतिष्ठानले वार्षिक रुपमा प्रदान गर्ने विभिन्नसम्मान, पुरस्कार तथा निबन्ध र कथा प्रतियोगितामा पुरस्कृत प्रतिभाहरूलाई सम्मान गरिएकोहो ।

कार्यक्रममा ५० हजार ७८ राशीको भरतपुर प्रज्ञा सम्मान प्रकाश थापा “प्रथा”, कृष्णबम मल्ल प्रज्ञा सम्मान प्रा.डा. कर्णबहादुर बानियाँ तथा चित्रवन प्रज्ञा पुरस्कार डी.आर. पोखरेललाई प्रदान गरिएको छ । 'संस्कृतिको सोपानमा चितवन' कृतिका लागि पोखरललाई पुरस्कृत गरिएको हो । 

त्यस्तै २५ हजार ७८ राशीको वागीश्वरी प्रज्ञा पुरस्कार सिम्रन क्षेत्रीको झुमर उपन्यासलाई, भरतपुर प्रज्ञा पुरस्कार (काव्य)जगन्नाथ पण्डितको घरबारीमा तोरी फुल्यो कविता संग्रहलाई र आख्यानतर्फको भरतपुर प्रज्ञा पुरस्कार अष्टदेव खनालको ‘अन्तश्चेतना’ उपन्यासलाई दिइएको छ ।

त्यसैगरी राष्ट्रिय खुल्ला कथा प्रतियोगिता २०८० मा पुरस्कृत स्रस्टालाई पनि सम्मान गरिएको छ । प्रतियोगितामा नुवाकोटका अनन्त लम्सालको अन्तिम पथ शीर्षकको कथा सर्वोकृष्ट बनेको थियो । लम्सालले ४० हजार ७८ पाए । लमजुङकी अनिता पन्थीको मृत्युको अपिल शीर्षकको कथाले उत्कृष्ट स्थान हासिल गरेको छ । पन्थीलाई रु. ३० हजार ७८ प्राप्त गरिन् । त्यस्तै काभ्रेका समीप खड्काको भाग्यको कुरो शीर्षकको कथाले उत्तम स्थान गरेको छ । उनले २० हजार ७८ नगद पुरस्कार पाए । 

त्यस्तै मोरङकी मन्दिरा मधुश्री (मन्दिरा कोइराला) को पहिचान र राधिका कल्पित (राधिका गौतम पौडेल) को अब लजाउँदैन लज्जावती शीर्षकका कथाले प्रोत्साहन स्थान हासिल गरे । दुबैलाई जनही रु. १० हजार ७८ र प्रमाणपत्रले पुरस्कृत गरियो । प्रतिष्ठानले “मेरो सपनाको भरतपुर” शीर्षकमा चितवन जिल्ला स्तरीय निबन्धप्रतियोगिता पनि गरेको थियो । उक्त प्रतियोगितामा हरिप्रसाद तिवारीरविको निबन्ध सर्वोकृष्ट घोषित रहेको थियो । तिवारीले रु. १० हजार ७८ रप्रमाणपत्र प्राप्त गरे । त्यस्तै अनुस्का न्यौपानेको निबन्ध उत्कृष्ट रह्यो । उनले रु.८ हजार ७८ र प्रमाणपत्र पाइन् । त्यस्तै चिरञ्जीवी दाहालको निबन्ध उत्तम घोषित भएको छ । उनले रु. ६ हजार ७८ र प्रमाणपत्र पाएका छन् ।  त्यस्तै प्रोत्साहन पुरस्कार प्राप्त गरेका सन्तोष सुवेदी र स्वस्तिक शर्मालाई जनही रु. ४ हजार ७८ र प्रमाणपत्र दिइएको छ । 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  २२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update