नेपालमा चरा पर्यटनको विकास गर्न दोस्रो चरा उत्सव आउँदो सातादेखि
शुक्रबार, माघ १९, २०८०

सौराहामा दक्षिण एसियाली चलचित्र महोत्सव सुरु
शुक्रबार, माघ १९, २०८०
चितवनको सौराहामा सौराहा साउथ एशियन फिल्म फेस्टिभल सुुुरु भएकाे छ । क्याराभान नेपालले रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा बिहीबारदेखि फेस्टिभल आयाेजना गरेकाे हाे ।

भरतपुर विमानस्थल बिस्तारको बाटो खुल्यो, अब ठूला जहाज अवतरण गर्न सक्ने
शुक्रबार, माघ १९, २०८०
सरकारले चितवनको भरतपुरस्थित नेपाली सेनाको घोडा प्रजनन केन्द्र शक्तिखोरमा सार्न सैद्धान्तिक सहमति दिएको छ । योसँगै भरतपुर विमानस्थल बिस्तारका लागि बाटो खुलेको छ ।

नारायणगढ–मुग्लिन सडक दिउँसो तीन साता बन्द हुने
शुक्रबार, माघ १९, २०८०
नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ । सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो ।

८ वर्षमा पनि सकिएन भरतपुरको बाइपास सडक
बिहीबार, माघ १८, २०८०
पूर्वपश्चिम राजमार्गबाट नारायणगढ बजारलाई छाडेर काठमाडौँतर्फ जाने बाइपास सडक निर्माण सुरु भएको आठ वर्षमा ९४ प्रतिशत काम भएको छ । दुई खण्डमा ठेक्का लगाइएको उक्त सडक आठ वर्षमा पनि सम्पन्न हुन नसकेको हो ।

विनोद चौधरीका भाइ अरुण पक्राउ
बिहीबार, माघ १८, २०८०
अर्बपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो।

कलेजो प्रत्यारोपण अब नेपाली चिकित्सकबाटै
बिहीबार, माघ १८, २०८०
नेपालमै अब कलेजोको सफल प्रत्यारोपण हुने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण गरिएको हो । यसअघि भारतमा तथा नेपालमै पनि भारतीय चिकित्सकको सहयोगमा कलेज प्रत्यारोपण गर्ने गरिएकामा अब नेपालमै नेपाली चिकित्सिकले नै यो काम गर्ने भएका हुन् ।
यो हो विश्वकै सबैभन्दा ठूलो डिजिटल क्यामेरा, कति शक्तिशाली छ यो ?
बिहीबार, माघ १८, २०८०
चिलीमा विश्वकै सबैभन्दा ठूलो डिजिटल क्यामेरा जडान गरिएको छ, जसले एकै पटकमा हजारौं ताराहरूको फोटो खिच्न सक्नेछ। २.८ मेट्रिक टन तौल भएको यो क्यामेरा कार जत्तिकै ठूलो छ।

जुम्लामा हिमपात, किसान दंग
बिहीबार, माघ १८, २०८०
यसवर्षको हिउँदेयामको पहिलो हिमपात हो । अहिले हिमपात भइरहेको छ । माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए । जौ र गहुँबाली लगाएका किसान भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ ।

सौराहामा सभाहल निर्माणको काम अन्तिम चरणमा
बिहीबार, माघ १८, २०८०
चितवनको सौराहामा निर्माणाधीन सभाहलको काम अन्तिम चरणमा पुगेको छ । ३५ करोडको लगानीमा सभाहल निर्माण हुन लागेको हो । बाँकी दुई प्रतिशत काम यही महिनाभित्र सम्पन्न हुने सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख झपटबहादुर थापाले जानकारी दिए ।

आईसीसी यू–१९ विश्वकप : सुपरसिक्समा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित
बुधबार, माघ १७, २०८०
आईसीसी अन्डर नाइन्टिन विश्वकपको सुपर सिक्समा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १७० रनको लक्ष्य बंगलादेशले २५ ओभर दुई बलमा पूरा गरेपछि नेपाल पराजित भयो ।

पेट्रोलियम पदार्थमा मूल्य वृद्धि : पेट्रोलमा ४ र ग्यासमा १५ रुपैयाँ बढ्यो
बुधबार, माघ १७, २०८०
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो । आज बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो ।

सामसङको ग्यालेक्सी एस २४ सिरिज चितवनमा पनि सार्वजनिक, के छन् विशेषता ?
बुधबार, माघ १७, २०८०
यसलाई सामसङले एआईको नयाँ युगको सुरुवात भनेको छ । कम्पनीले प्रयोगकर्ताका अनुभवहरू अभिवृद्धि गर्न, जहाँसुकै, जुनसुकै बेला निर्बाध सञ्चारलाई सक्षम पर्न ग्यालेक्सी एआईले नवीन एआई सुविधा प्रदान गरेको जनाएको छ ।