Mero Chitwan
मनि ट्रान्सफरका सञ्चालकलाई गोली हान्ने ३ पक्राउ*
मनि ट्रान्सफरका सञ्चालकलाई गोली हान्ने ३ पक्राउ* अपराह्न १ बजेतिर मनि ट्रान्सफरका सञ्चालक २४ वर्षीय नितेश साहलाई गोली हानी भाग्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रामपुरखापबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित सले प्रतिनिधिसभा बैठकमा उठेर अवरोध गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्न सभामुखले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सयम दिनै लाग्दा सांसदहरूले उठेर विरोध जनाएका हुन्
दुग्ध किसानले पाउनुपर्ने रकम तत्काल भुक्तानी गर्न अर्थमन्त्रीको निर्देशन
दुग्ध किसानले पाउनुपर्ने रकम तत्काल भुक्तानी गर्न अर्थमन्त्रीको निर्देशन अर्थ मन्त्रालयले दुग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आज राजस्व सचिव डा रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ
चितवनमा चैत ५ गते एक्सपर्ट एजुकेशन कन्क्लेभ हुने
चितवनमा चैत ५ गते एक्सपर्ट एजुकेशन कन्क्लेभ हुने उच्च शिक्षा अध्ययनका विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी चितवनमा एक्सपर्ट एजुकेशन कन्क्लेभ हुने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको आयोजनामा भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा चैत ५ गते (सोमबार) एक्सपर्ट एजुकेशन कन्क्लेभ हुन लागेको हो
कावासोतीबाट एउटा गैँडा नियन्त्रणमा लिएर  स्थानान्तरणको शुभारम्भ
कावासोतीबाट एउटा गैँडा नियन्त्रणमा लिएर स्थानान्तरणको शुभारम्भ चितवन : चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक गैँडा स्थानान्तरणको काम सुरु गरेको छ । नवलपुरको कावासोतीबाट एउटा गैँडा नियन्त्रणमा लिएर कामको शुभारम्भ गरिएको हो
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ आफ्नै श्रीमती ४० वर्षीया कुमियाँ देवी दासको हत्या गरेको अभियोगमा लक्ष्मीपुरपतारी गाउँपालिका-६ सितापुर बस्ने श्रीदेव दास भन्ने ५६ वर्षीय राम सितल तत्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ
प्रतिनिधसभाको बैठक सुरु
प्रतिनिधसभाको बैठक सुरु संघीय संसद्अन्तर्गत प्रतिनिधसभाको बैठक सुरु भएको छ । बैठकको सुरुवातमा नेपाली कांग्रेसका सांदस प्रदीप पौडेल बोलिरहेका छन् । यसक्रममा उनले संसद्‌मा उठेका प्रश्नहरूको समाना गर्नुको साँटो प्रधानमन्त्री भागेर हिँडेको आरोप लगाएका छन्
सन् २०२४ का लागि इपिएस मार्फत जाने नेपाली श्रमिकको  कोटा थप
सन् २०२४ का लागि इपिएस मार्फत जाने नेपाली श्रमिकको कोटा थप नेपाली अन्य देशको तुलनामा इमानदार र मेहनती हुने भएकाले यसअघिको कोटामा १३.२ प्रतिशत थप गरेको हो । दक्षिण कोरियाले यस वर्षका लागि निर्धारण गरेको १५ हजार ८४८ जना कोटामा १३.२ प्रतिशत थप गरेको वैदेशिक रोजगार विभाग इपिएस शाखाले जनाएको छ
रुसी सेनामा भर्ती भएका थप एक युवाको मृत्यु
रुसी सेनामा भर्ती भएका थप एक युवाको मृत्यु रुसी सेनामा भर्ती भएका जाजरकोटका एक युवाको मृत्यु भएको छ । केही महिना अघि रुसी सेनामा भर्ती भएर सम्पर्कविहीन भएका  शिवालय गाउँपालिका — ६ निवासी नवीन शाहीको निधन भएको परराष्ट्र मन्त्रालयले जनाएको छ
सिन्धुलीको टेलिकम टावरमा बम विस्फोट
सिन्धुलीको टेलिकम टावरमा बम विस्फोट  सिन्धुलीमा प्रेसर कुकर बम विस्फोट भएको छ। शुक्रबार बिहान करिब ३ बजेतिर सुनकोसी गाउँपालिका–१ दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको टेलिकमको टावरको कम्पाउन्ड भित्र कुकर बम विस्फोट भएको हो
सुन जाँचबुझ आयोगका सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन
सुन जाँचबुझ आयोगका सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिनुभएको छ
पोखरालाई ‘पर्यटकीय राजधानी सहर’ घोषणा गरिने
पोखरालाई ‘पर्यटकीय राजधानी सहर’ घोषणा गरिने आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को उपस्थितिमा यही चैत ४ गते पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो
Weather Update