Mero Chitwan
चितवनमा पालिएका दुई हात्ती कतार पठाउने सरकारको तयारी

काठमाडौं–चितवनका दुई हात्ती फेरि विदेश लगिने भएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउँदा सरकारले एक जोडी हात्ती उपहार दिने तयारी गरेको हो । 

वैशाख दोस्रो साता हुने कतारका अमिर अल–थानीको भ्रमणमा चितवनमा पालिएका दुई हात्ती उपहार दिन लागिएको हो । योसँगै हात्तीका सुसारे पनि कतार पठाउने तयारी सरकारको छ । कतारका अमिरको दुई दिने भ्रमणका क्रममा सरकारले कान्ति बाल अस्पतालको स्तरोन्नतिका लागि झन्डै ९ अर्ब बराबरको सहयोगको सम्झौताको प्रस्ताव अघि सारेको छ ।

यस्तै, कतारसँग नयाँ श्रम सम्झौतासँगै कतारले फिफा विश्वकप फुटबलमा प्रयोग गरेका फुटबल स्टेडियमको प्यारापिट ल्याउनेबारे पनि छलफल अघि बढाइएको छ ।  नेपालमा दक्ष कामदार तयार पार्न तालिम केन्द्रको स्थापनामा कतारको सहयोगसँगै पर्यटन क्षेत्रमा लगानी भित्र्याउनेबारे पनि कतारका अमिरको भ्रमणका क्रममा छलफल हुने छ । कतारका अमिर यो पहिलो नेपाल भ्रमण हो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update