मेरो चितवन
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौं ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो ।

२०६४ सालमा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा दोषी ठहर भएका लामा फरार थिए। उनलाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा पाँच वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो।

लामालाई २०६१ साउन ८ गते काठमाडौंको वनस्थलीबाट प्रहरीले ५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१