Mero Chitwan
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु ४८ करोड रकम भुक्तानी गरेको हो ।
कक्षा १२ को परीक्षा आजदेखि सुरु
कक्षा १२ को परीक्षा आजदेखि सुरु यस वर्ष कक्षा  १२ को परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भइरहेका छन्, जसका लागि ७७ जिल्ला र जापानमा एक गरी एक हजार ५२६ परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 
भारतमा लोकसभा चुनावअन्तर्गत दोस्रो चरणको मतदान सुरु
भारतमा लोकसभा चुनावअन्तर्गत दोस्रो चरणको मतदान सुरु दोस्रो चरणमा केरलाका सबै २० सिट, कर्नाटकको १४, राजस्थानको १३, मध्य प्रदेशको ६ र असमका ५ सिटमा मतदान भइरहेको छ । यस्तै, पश्चिम बंगाल र छत्तीसगढका तीन–तीन तथा मणिपुर, त्रिपुरा र केन्द्र शासित जम्मू कश्मीरका एक–एक सिटमा मतदान भइरहेको छ।
नारायणी लिफ्टबाट १० वर्षपछि पहिलोपटक हिउँदमा पनि छाडियो पानी, कहाँ-कहाँ पुग्नेछ ? 
नारायणी लिफ्टबाट १० वर्षपछि पहिलोपटक हिउँदमा पनि छाडियो पानी, कहाँ-कहाँ पुग्नेछ ?  नारायणी लिफ्ट सिँचाइ योजनाबाट १० वर्षपछि पहिलोपटक हिउँदमा पनि पानी छाडिएको छ । यस वर्ष खडेरीले मकै सुक्न थालेपछि आयोजनाको ‘बी’ क्यानलबाट पानी छाडिएको व्यवस्थापन कार्यालयले  जनाएकाे छ । 
चौधरी ग्रुपको वाइ वाइ चाउचाउ न्यून गुणस्तरको भेटियो,  दुई लाख जरिवाना, बजारबाट फिर्ता लैजान निर्देशन
चौधरी ग्रुपको वाइ वाइ चाउचाउ न्यून गुणस्तरको भेटियो, दुई लाख जरिवाना, बजारबाट फिर्ता लैजान निर्देशन सुकेधारामा रहेको एसके इन्टरप्राइजेजले बजारमा वितरण गरेको २०८० मा उत्पादन भएको ब्याच नं. ६० ‘जीएमआरएस  २०-एएल/वाईएल२३, चाई’ को चाउचाउ न्यून गुणस्तरको भेटिएको हो।
बम बिस्फोटका घाइतेलाई इँटाभट्टामा ज्युँदै जलाएको मुद्दामा कांग्रेस नेता आलमसहित ४ जनालाई जन्मकैद
बम बिस्फोटका घाइतेलाई इँटाभट्टामा ज्युँदै जलाएको मुद्दामा कांग्रेस नेता आलमसहित ४ जनालाई जन्मकैद रौतहटको राजापुर बमकाण्डमा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम दोषी ठहर भएका छन् । रौतहट जिल्ला अदालतले आज आलमसहित चार जनालाई जन्मकैदको फैसला गरेको हो ।
व्यक्तिगत रुपमा उपलब्ध गराइएका सबै सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता गर्न गृहको निर्देशन
व्यक्तिगत रुपमा उपलब्ध गराइएका सबै सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता गर्न गृहको निर्देशन गृह मन्त्रालयले विशिष्ठ व्यक्तिका बाहेक व्यक्तिगत रुपमा उपलब्ध गराइएका सबै सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता बोलाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयले चाल्यो अर्को कदम
दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयले चाल्यो अर्को कदम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकलाई कारबाही गर्न  शिक्षा मन्त्रालयले अर्को कदम  चालेको छ । कारबाहीका लागि सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको हो । 
युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर धनुषामा झडप
युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर धनुषामा झडप युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित मटिहानी–६ को मुस्लिम बस्तीका एक सय ५० अग्निपीडित परिवार राहतको प्रतीक्षामा छन् । समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका छन् ।  
छिन्नलता गीत पुरस्कारको घोषणा
छिन्नलता गीत पुरस्कारको घोषणा छिन्नलता गीत पुरस्कार गुठीले विक्रम २०८० सालको छिन्नलता गीत पुरस्कार गीत रचनातर्फ वीरेन्द्र पाठक, सङ्गीत रचनामा चण्डी काफ्ले र  गायनमा मनिला सोताङ्लाई प्रदान गर्ने भएको छ । 
Weather Update