कांग्रेस महासमिति बैठक : आगामी चुनावमा अरु दलसँग गठबन्धन नगर्ने प्रस्ताव पारित
बिहीबार, फागुन १०, २०८०

२२ बुँदे प्रस्ताव पारित गर्दै एमाले केन्द्रीय कमिटी बैठक सकियो, के छन् प्रस्तावमा ?
बिहीबार, फागुन १०, २०८०
२२ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक सकिएको छ । यही फागुन ८ गतेदेखि चलेको बैठकले वर्तमान सरकारले जनजीवनका सवाललाई सम्बोधन गर्न नसकेको भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन, विकास र समृद्धिका लागि संसद् र सडकबाट जनतालाई अनुभूति हुने गरी भूमिका निर्वाह...

नारायणगढ–मुग्लिन सडक : ढिस्को काट्ने काम अन्तिम चरणमा, आइतबारदेखि दिउँसो बन्द नहुने
बिहीबार, फागुन १०, २०८०
गत पुस ७ देखि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिएकोमा ढिस्को भत्काउन अब तीन मिटर मात्रै बाँकी रहेको र फागुन १२ गतेसम्म थप एक मिटर भत्काउन सकिने अनुमान गरिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का प्रमुख केदार नेपालले जानकारी दिए ।

काठमाडौं अदालतको फैसलाविरुद्ध सन्दीपले दिए उच्चमा निवेदन, जेलबाहिरै रहेर मुद्दा लड्न पाउने
बिहीबार, फागुन १०, २०८०
उच्च अदालतले यो सुविधा दिएसँगै अब सन्दीप लामिछाने उच्च अदालतबाट फैसला नभएसम्मका लागि जेलमा बस्नु नपर्ने भएको छ। बलात्कार मुद्दामा ८ वर्ष कैदको फैसला बदर गर्न माग गर्दै सन्दीपले बिहीबार निवेदन दिएका थिए। उच्चले उनलाई सुविधा प्रदान गर्ने विषयमा दिने निर्णय गरेको हो।

भरतपुरमा एकै दिन २ डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेल उद्घाटन
बिहीबार, फागुन १०, २०८०
भरतपुर महानगरपालिका वडा नम्बर १७ मा एकै दिन २ वटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेलको उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहालले दुवै थरिका बोरिङ उद्घाटन गरेकी हुन् ।
१६ मागसहित दुग्ध किसानहरुद्वारा आन्दोलन घोषणा, राजमार्गमा चक्काजामसम्मका कार्यक्रम
बिहीबार, फागुन १०, २०८०
१५ वटा किसान संगठनहरुले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पछिल्लो समय दुग्ध उत्पादक किसानहरुका माग सम्बोधनमा सरकार गम्भीर नभएकाले आन्दोलनमा उत्रिनु परेको जनाएका हुन् ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल नियुक्त
बिहीबार, फागुन १०, २०८०
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् । उपकुलपति छनोट समितिले पहिलो नम्बरमा चित्रबहादुर बुढाथोकीलाई सिफारिस गरेको थियो भने बराल दोस्रो नम्बरमा सिफारिस भएका थिए । कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले लामो कसरतपछि बराललाई नियुक्ति गरेका हुन् । बराल पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति हुन् ।

भरतपुर भ्रमण वर्ष : तयारी तीब्र, पर्यटन बोर्डले पनि सहकार्य गर्ने
बिहीबार, फागुन १०, २०८०
नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच ‘भरतपुर भ्रमण वर्ष २०२४’ अभियान सञ्चालनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार भरतपुर महानगरपालिकामा भरतपुर भ्रमण वर्ष लाई प्रवर्द्धन गर्न दुई पक्षबीच सम्झौता भएको हो ।

मोटोपनले प्रभावित पार्छ प्रजनन क्षमता
बिहीबार, फागुन १०, २०८०
मोटोपनले मुटु रोग, मधुमेह, अनिद्रा, क्यान्सर र उच्च रक्तचाप जस्ता समस्या निम्त्याउन सक्छ । यतिमात्र नभई मिर्गौला र कलेजोको समस्या पनि हुनसक्छ । तर मोटोपनले महिला तथा पुरुष दुवैको प्रजनन क्षमतालाई असर गर्छ भन्ने कुरा कमैलाई थाहा छ ।

कांग्रेस महासमिति बैठक: छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि आज सकिँदै
बिहीबार, फागुन १०, २०८०
नेपाली कांग्रेसको यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकमा छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि आजै समापन हुने भएको छ ।

देशभरका अदालतमा एक लाखभन्दा बढी मुद्दा फर्छ्यौट गर्न बाँकी
बुधबार, फागुन ९, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पेस गरेको सर्वोच्च अदालत, न्यायपरिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा उक्त संख्यामा मुद्दा फर्छ्यौट हुन बाँकी रहेको उल्लेख गरिएको हो ।