Mero Chitwan
कक्षा १२ को परीक्षा आजदेखि सुरु

काठमाडौँ- कक्षा १२ को परीक्षा आज शुक्रबारदेखि सुरु भएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । 

यस वर्ष कक्षा  १२ को परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भइरहेका छन्, जसका लागि ७७ जिल्ला र जापानमा एक गरी एक हजार ५२६ परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थी छन् । बाँकी भने ग्रेड वृद्धिका विद्यार्थी रहेका छन् । गत वर्षको तुलनामा यस वर्ष १८ हजार विद्यार्थी बढेकाले परीक्षा केन्द्र पनि थप भएको बोर्डले जनाएको छ ।

सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा छन् । जहाँ  १४४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ/मुस्ताङमा एक–एक परीक्षा केन्द्र रहेको बोर्डले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update