Mero Chitwan
किन जाँदैछन् केपी ओली ओलाङचुङगोला ?

काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज ताप्लेजुङको ओलाङचुङगोला जाँदैछन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू त्यहाँ जान लागेको उल्लेख गरेका हुन् ।

उनले भनेका छन्,  'म ताप्लेजुङस्थित ओलाङ्चुङ्गोला जाँदै छु । ओलाङ्चुङ्गोला समुद्री सतहबाट ५२०० मिटर उचाइमा छ । यो तस्बिर ओलाङ्चुङ्गोला नजिकैको गोला गाउँको हो ।  ३२०० मिटर उचाइमा रहेको यो शेर्पा बस्तीभन्दा माथि मानव बसोवास छैन । यहाँ धुपीसल्ला, लालीगुराँस, चिमल, भोजपत्र, सुनपातीजस्ता वनस्पति र चित्तल, घोरल, कस्तुरी, हिम चितुवा लगायत जीवहरु छन् । त्यहाँबाट फर्केपछि म तपाईंहरुलाई आफ्नो अनुभूति पनि बताउने छु ।'

ओली उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र रक्षामन्त्री हरि उप्रेतीसहित त्यसतर्फ जान लागेका हुन् ।
अध्यक्ष ओलीले त्यहाँका स्थानीयहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update