Mero Chitwan
ललितपुरमा चार जनामा हैजा पुष्टि
ललितपुरमा चार जनामा हैजा पुष्टि ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा  भएको परीक्षणमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा मुकेश पौडेलले जानकारी दिए । 
सौर्य एयर दुर्घटना : पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने
सौर्य एयर दुर्घटना : पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरु जलेर पहिचान गर्न कठिन भएकाले डिएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना रहेको हुँदा प्रक्रिया पूरा भएपछिमात्र क्रमशः हस्तान्तरण हुने जनाइएको छ ।  
सौर्य एयरलाइन्स विमान दुर्घटना : ३ टोलीद्वारा शवको पोस्टमार्टम जारी, भोलिमात्र परिवारलाई बुझाइने
सौर्य एयरलाइन्स विमान दुर्घटना : ३ टोलीद्वारा शवको पोस्टमार्टम जारी, भोलिमात्र परिवारलाई बुझाइने विमान दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा झण्डा आज आधा झुकाइने निर्णय सरकारले हिजो गरेको थियो भने छानबिनका लागि नागरिक उड्डयन विभागका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरिएको छ । 
सौर्य एयरलाइन्स विमान दुर्घटना : कस्तो छ घाइते क्याप्टेनको अवस्था ?
सौर्य एयरलाइन्स विमान दुर्घटना : कस्तो छ घाइते क्याप्टेनको अवस्था ? उपचारमा खटिएका एक चिकित्सकका अनुसार शाक्यको अनुहारका विभिन्न स्थानमा गहिरो चोट लागेको छ । उनको सीटी स्क्यान तथा एमआरआईमा मस्तिष्क केही सुन्निएको देखिएको छ भने मेरुदण्डको ‘एल २’ भाग भाँचिएको छ । आठौं, नवौं र दसौं करङ भाँचिएको छ ।
विमान दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन , शोकमा बिहीबार झण्डा आधा झुकाइने
विमान दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन , शोकमा बिहीबार झण्डा आधा झुकाइने सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 
दोलखाको भीमेश्वरको शिलामा पुनः पसिना
दोलखाको भीमेश्वरको शिलामा पुनः पसिना गत शनिवार पनि भीमेश्वरको शिलामा दुईपटक पसिना आएको थियो । भीमेश्वरको शिलामा पसिना आउँदा मुलुकमा कुनै न कुनै उथलपुथल या अनिष्ट हुने जनविश्वास रहदै आएको छ ।
विमान दुर्घटना : प्रधानमन्त्री ओली घटनास्थलमा
विमान दुर्घटना : प्रधानमन्त्री ओली घटनास्थलमा  प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाईन्सको विमान दुर्घटना भएपछि घटनास्थल तर्फ प्रस्थान गर्नु भएको छ ।
सौर्य एयरलाईन्सको  विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि, चालकको भने उपचार हुँदै
सौर्य एयरलाईन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि, चालकको भने उपचार हुँदै त्रिभुवन विमानस्थल नजिकै भएको सौर्य एयरको विमान दुर्घटनामा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ । नागरिक उड्ड्यन प्राधिकरणले दुर्घटनग्रस्त विमानस्थलबाट १८ जनाको शव संकलन गरिएको विज्ञप्ति मार्फत जनाएको छ
यी हुन् सौर्य एयरलाईन्सको  विमान दुर्घटनामा ज्यान गुमाउनेहरु
यी हुन् सौर्य एयरलाईन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेहरु काठमाडौंबाट पोखराको लागि उडान भर्ने क्रममा रहेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा त्यसमा सवार मध्ये १८ यात्रीको शव फेला परेको विमानस्थल कार्यालयले जानकारी दिएको छ
सौर्य एयरलाइन्सको जहाज दुर्घटना :  १३ यात्रीको शव फेला
सौर्य एयरलाइन्सको जहाज दुर्घटना : १३ यात्रीको शव फेला काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा  त्यसमा सवार मध्ये १३ यात्रीको शव फेला परेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
सौर्य एयरलाइन्सको जहाज  दुर्घटना
सौर्य एयरलाइन्सको जहाज दुर्घटना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएको छ। बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज काठमाडौंबाट पोखरा उडान भर्ने क्रममा धावन मार्गबाट चिप्लिएपछि दुर्घटना भएको हो। दुर्घटनामा परेको जहाजमा आगो लागेको छ
Weather Update