Mero Chitwan
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
तस्बिर स्रोत-इकान्तिपुर

काठमाडौँ-कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई मंगलबार अपराह्न  थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालयस्थित कार्यकक्षबाटै पक्राउ गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको बचत अपचलनमा संलग्न भएको दाबीसहितका समाचार कान्तिपुरले श्रृंखलाबद्ध  प्रकाशन प्रसारण गरिरहेका बेला अध्यक्ष सिरोहिया पक्राउ परेका हुन् । 

पक्राउपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सिरोहियाले गृहमन्त्रीविरुद्ध समाचार लेखेकै आधारमा प्रतिशोध लिएर आफूलाई पक्राउ गरिएको बताए । उनले सहकारी ठगी गर्नेको नाममा पनि वारेन्ट जारी हुनेमा आफू विश्वस्त रहेको पनि बताए । 

सिरोहिया पक्राउको नेपाल पत्रकार महासंघ, विभिन्न राजनीतिक दलका नेता, मानवअधिकारकर्मीलगायतले विरोध जनाएका छन् । 

 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update