भ्रष्टाचार मुद्दामा गोविन्दराज जोशी दोषी ठहर, ९ महिना कैद सजाय
आइतबार, साउन १३, २०८१
सिमलताल घटना : १६ दिनसम्म पनि फेला परेनन् बस र ३८ यात्रु, भारतीय टोली पनि फर्कियो
आइतबार, साउन १३, २०८१
भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसहित त्रिशूलीमा खसेर बेपत्ता दुई बस अझै फेला पर्न सकेका छैनन् । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेका बस र यात्रुको खोज तथा उद्धार सुरू भएको १६ दिनसम्म पनि बस तथा ३८ यात्रु अझै फेला पर्न नसकेका हुन् ।
सहकारी संस्थाको उचित नियमन गर्न सरोकारवालाको जोड
आइतबार, साउन १३, २०८१
सहकारी संस्थाको उचित नियमन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। आइतबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिमा नियमन नगरे सहकारी बन्द गर्नुपर्ने अवस्था आउनसक्ने सरोकारवालाले बताएका हुन्
दुईवटा सर्किट ब्रेकसँगै ११३ अंकले बढ्यो नेप्से
आइतबार, साउन १३, २०८१
मौद्रिक नीतिपछिको पहिलो कारोबार दिनमा आइतबार खुलेको सेयर बजार परिसूचक नेप्से दुईपटकको सर्किट ब्रेकसँगै ११३.४२ अंकले बढेको छ । ४.४१ प्रतिशतले बढेको नेप्से २,६८१.५६ विन्दुमा रोकिएको छ ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने
आइतबार, साउन १३, २०८१
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी प्रदेश लगायत बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सिमलताल घटना : बस खोज्न प्रयोग गरिएको १९ किलोको चुम्बक त्रिशूलीमा हरायो
शनिबार, साउन १२, २०८१
चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस खोज्न प्रयोग भएको एउटा १९ किलोको चुम्बक शनिबार त्रिशूलीले बगाएको छ ।
सौर्य एयरलाइन्सको विमान दुर्घटना : १७ जनाको शव आफन्तले बुझे, विदेशीको शव अस्पतालमै
शनिबार, साउन १२, २०८१
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन् । विमान दुर्घटनामा मृत्यु भएका १८ मध्ये शनिबार १७ जनाका आफन्तले शव बुझेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
भरतपुर क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा विस्तार
शनिबार, साउन १२, २०८१
विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक फिजियोथेरापी सहितको परम्परागत चिनियाँ उपचार पद्धतिको स्तरबृद्धि गरिएको छ । अस्पतालमा अत्याधुनिक उपकरण थप गरी सेवा विस्तार गरिएको हो
सीटीईभीटीको छात्रवृत्ति परीक्षा दिने ५ नक्कली परीक्षार्थी पक्राउ
शनिबार, साउन १२, २०८१
हेटौंडाको भुटनदेवी माविमा परीक्षा संचालन भइरहेको अवस्थामा नक्कली परीक्षार्थी बनेर अरुकै परीक्षा दिइरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
भेडेटारको स्काइ वाक टावर सञ्चालनमा
शनिबार, साउन १२, २०८१
चार वर्षअघि निर्माण कार्य सुरु गरिएको धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा नवनिर्मित स्काइ–वाक टावर सुचारु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार त्यसको उद्घाटन गर्नुभएको हो
चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण
शनिबार, साउन १२, २०८१
चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् ।


