Mero Chitwan
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, प्रमुखसहित २७ जनाको मोबाइल जफत

काठमाडौं । सवारी लाइसेन्समा अनियमितताबारे छानबिन गरिरहेको अख्तियारले यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुख पेसलकुमार पोखरेलसहित २७ जनाको मोबाइल जफत गरेको छ । 

अख्तियारले ४९ थान मोबाइलसहितका विद्युतीय उपकरण जफत गरेको हो । दिउँसो १२ बजे यातायात व्यवस्था कार्यालय चाबहिल पुगेको अख्तियारको टोलीले पोखरेलसहित कार्यालयका कर्मचारीहरू विवेक कुँवर, सन्तोष रेग्मी, सुरज रोकाय, विजय प्याकुरेल लगायतको मोबाइल जफत गरेको हो । 

रेग्मी स्थायी कर्मचारी हुन भने अन्य तीन जना करारका आईटी कर्मचारी हुन् । अख्तियारले तीन ट्राफिक प्रहरी र नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टरका म्यानेजर बालकृष्ण सिंहसहित सात जनाको पनि मोबाइल जफत गरेको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  २२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update