महसुल नतिर्ने उद्योगीलाई कुलमानको चेतावनी-अदालतले बिल उठाउ भनेको छ, राज्यको राजस्व छाडिदैन
शुक्रबार, साउन २५, २०८१
स्कुल बसको ठक्करबाट एक छात्राको मृत्यु
शुक्रबार, साउन २५, २०८१
भक्तपुरमा स्कुल बसको ठक्करबाट एक छात्राको मृत्यु भएको छ । अक्सफोर्ड प्राक्टिकल स्कुलको बा२क ९९११ नं को बसको ठक्करबाट सोही स्कुलमा अध्ययनरत सूर्यविनायक नगरपालिका‐५ कटुन्जेका रेजकुमार नेपालकी छोरी ६ वर्षीया रियान्सीको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
अमेरिकामा नेपाली नर्स एक सातादेखि बेपत्ता
शुक्रबार, साउन २५, २०८१
अमेरिकाको भर्जिनियामा रजिष्टर्ड नर्सका रुपमा कार्यरत २८ बर्षीया ममता काफ्ले बेपत्ता भएकी हुन । उनी जुलाई ३१ मा अन्तिमपटक मनासस पार्कमा देखिएको र त्यसपछि परिवार वा साथीहरुको सम्पर्कमा नरहेको भन्दै प्रहरीले ममता काफ्ले खोजीमा सघाउन सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।
बंगलादेशमा नोबेल विजेता युनुसले लिए अन्तरिम सरकार प्रमुखको सपथ
शुक्रबार, साउन २५, २०८१
उनका लागि अब प्रमुख कार्य बङ्गलादेशमा शान्ति पुनःस्थापित गर्ने र नयाँ निर्वाचनको तयारी गर्नु रहेको छ । हप्तौँको हिंसामा विद्यार्थी कार्यकर्ताहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षको निरङ्कुश शासनविरुद्ध विद्रोहको नेतृत्व गरेका थिए ।
प्रधानमन्त्रीको निर्देशन : एसइईमा कम्तीमा ७० प्रतिशत उत्तीर्ण हुने गरी काम गर्नूस्
बिहीबार, साउन २४, २०८१
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा आज शिक्षा क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने ठोस कामका सन्दर्भमा निर्देशन दिँदै उनले एसइईमा कम्तीमा पनि ७० प्रतिशत विद्यार्थी गर्ने लक्ष्य निर्धारण गरी काम गर्न भनेका हुन् ओलीले यसका लागि स्मार्ट शिक्षक छनोट, निःशुल्क इन्टरनेट र अनलाइन कक्षा सञ्चालनको...
भरतपुर अस्पतालको एमआरआई सेवा पुन: सुरु
बिहीबार, साउन २४, २०८१
चट्याङ लागेर बिग्रिएपछि बन्द भएको भरतपुर अस्पतालको एमआरआई सेवा पुनः सुरु भएको छ । मेशिन मर्मत गरेसँगै एमआरआई सेवा बिहीबारदेखि पुनः सञ्चालनमा आएको अस्पतालले जनाएको छ । साउन १६ गते एमआरआई मेसिनको एमप्लिफायरमा चट्याङका कारण बिग्रिएको थियो ।
काेशी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा
बिहीबार, साउन २४, २०८१
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबारको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए ।
अघि बढ्यो सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन प्रक्रिया
बिहीबार, साउन २४, २०८१
लामो प्रयासपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (तेस्रो संशोधन) २०८१ को प्रतिवेदन आज समितिबाट सर्वसम्मत पारित भएपछि ऐन संशोधन प्रक्रिया अघि बढेको हो ।
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
बिहीबार, साउन २४, २०८१
‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो ।
गर्भवती श्रीमतीलाई निर्घात कुटपिट गरेर हत्या
बुधबार, साउन २३, २०८१
श्रीमतीको पेटमा भएको बच्चा आफ्नो नभएको आरोप लगाउँदै निर्घात कुटपिट गरी श्रीमती अर्घाखाँचीकी ३२ वर्षीया निशा क्षेत्री मगरको हत्या गरेको प्रहरीले जनाएको छ ।
अधुरै रह्यो जन्मथलो फर्किएर सेवानिवृत्त जीवन बिताउने क्याप्टेन मल्लको योजना
बुधबार, साउन २३, २०८१
पछिल्लो पटक गत चैतमा भगवती आएका मल्लले आफन्त र छिमेकीहरूसँग जन्मथलो फर्किएर सेवानिवृत जीवन बिताउने योजना सुनाएका थिए । 'रिटायर्ड लाइफ बिताउन गाउँ आउने योजनाअनुसार पुरानो घर मर्मत गर्न थाल्नुभएको थियो', अरुणका भतिज रिम मल्लले भने, 'काका (अरुण) को योजना सुनेर उत्साहित भएका हामी दुर्घटनाको खबरले मर्माहत भएका छौँ ।'
एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु
बुधबार, साउन २३, २०८१
नुवाकोटमा दुर्घटना भएको हेलिकोप्टरमा सवार ५ जनाकै मृत्यु भएको छ । उक्त हेलिकोप्टरमा रहेका ४ जना चिनिया नागरिकमध्ये ३ जना पुरुर र एक जना महिला रहेको प्रहरीले जनाएको छ ।
बंगलादेशको अन्तरिम सरकार प्रमुखमा नाेबेल पुरस्कारविजेता युनुस नियुक्त
बुधबार, साउन २३, २०८१
बंगलादेशको अन्तरिम सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नियुक्त भएका छन् । उनलाई मंगलबार नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


