पुङ्गी खोला अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो
सोमबार, कात्तिक २६, २०८१
दोस्रो भरतपुर-१९ सांस्कृतिक, व्यापारिक तथा पर्यटन महोत्सव सुरु
आइतबार, कात्तिक २५, २०८१
आइतबार एक समारोहबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महोत्सव उद्घाटन गर्नुभएको हो। शारदानगरस्थित हेल्थ पोस्ट चौरमा आयोजना गरिएको यो महोत्सव मंसिर ९ गतेसम्म सञ्चालन हुने छ । महोत्सवले क्षेत्रीय सांस्कृतिक पहिचान, व्यापारिक विकास र पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ।
बागमतीका मुख्यमन्त्रीले भने-गौतमबुद्ध रंगशालालाई बजेट रोकिँदैन
शुक्रबार, कात्तिक ९, २०८१
अनुगमनका क्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तीन तहका सरकारको लगानीमा निर्माण थालिएको रङ्गशाला निर्माणका क्रममा बजेटको सूनिश्चितता प्रदेश सरकारले गरेको बताइन् । यो नमूना परियोजनाको रुपमा काम भइरहेको उनको भनाइ छ । कामको वातावरण निर्माण गर्न महानगरपालिकाले केही कसूर बाँकी नराख्ने उनले बताइन् ।
नारायणगढ–मुग्लिन सडकको खहरेबाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने
मंगलबार, कात्तिक ६, २०८१
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजार नजिकैको काली खोलाको पुल दसैँअगाडि नै सञ्चालनमा आएको हो भने नाम्चे र तुइनखोला पुल कात्तिक मसान्तसम्ममा सञ्चालनमा आउनेगरी काम भइरहेको छ । ती दुवै पुलको कालोपत्रको अन्तिम काम र रङ्गरोगनका काम मात्र बाँकी छ ।
चौबिसकोठी क्षेत्रको अस्तव्यस्त बजार व्यवस्थापन गर्न महानगर कस्सियो, दर्जनौं साइकल र ठेलागाडा बरामद
आइतबार, कात्तिक ४, २०८१
यस अन्तर्गत, चौबिसकोठी क्षेत्रमा अनियमित रूपमा व्यापार गरिरहेका अस्थायी ठेला र साइकल व्यापारीहरूलाई नियन्त्रणमा लिई उनीहरूमाथि कारबाही गरिएको हो। यस कारबाहीमा फलफूलको व्यापार गर्ने धेरै ठेला, फलफूल सामग्री, साथै व्यापारीहरूले प्रयोग गरिरहेका साइकल र ठेलागाडाहरू बरामद गरिएको छ।
पुंगी खोलामा पर्ने मापदण्डविपरीतका संरचना घरधनीले आफैं भत्काउन थाले
बिहीबार, कात्तिक १, २०८१
गत असोज २ गते भरतपुर महानगरले मापदण्डविपरीत निर्माण भएका संरचनामा डोजर चलायो । महानगरले डोजर चलाउँदा धनजनको क्षति नपुग्ने गरी भत्काउने नीतिअनुसार सम्बन्धित घरधनीलाई एक हप्ताको समय सीमा दियो ।
तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती
मंगलबार, असोज १५, २०८१
-केही दिनअघिको अविरल वर्षाले नारायणी नदी उर्लिएर आयो । नारायणी नदीको जलसतह निकै माथि उक्लियो । तर पनि भरतपुर महानगरभित्र पर्ने अधिकांश नदी किनार क्षेत्रका तटबन्ध नदीले तोड्न सकेन । तटबन्ध नभएका केही स्थानबाट नदी बस्तीमा पसे पनि वितण्डा मच्चाउन पाएन ।
चितवनमा डेङ्गी र स्क्रब टाइफसका बिरामी बढे
बुधबार, असोज ९, २०८१
साउनयता जिल्लामा डेङ्गीको सङ्क्रमण र स्क्रब टाइफसका बिरामी बढ्दै गएकका जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले बताए। उनका अनुसार हालसम्म पाँच हजार एक सय १३ जनाको परीक्षण गर्दा एक हजार चार हजार ९२ जनामा डेङ्गीको सङ्क्रमण देखिएको हो ।
चितवनको साहारा सहकारीको बचत हिनामिना : जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दायर
मंगलबार, असोज ८, २०८१
चितवनका सरकारी वकिल शान्तिप्रसाद लुइँटेलले साहारा सहकारीका बचतकर्तामध्ये ४ सय ४६ जनाले प्रहरीमा दिएको उजुरीका आधारमा अनुसन्धान भएर आएको प्रतिवेदनका आधारमा मुद्दा दायर भएको बताए । साहारा चितवनमा ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रूपैयाँ हिनामिना भएको बचतकर्ताहरुको दाबी छ। सहकारीका कुल बचतकर्ता ६ हजार ३ सय...
चितवनको क्यान्सर अस्पतालले २ वटा फार्मेसी थप्ने
शनिबार, असोज ५, २०८१
अस्पतालको २५ औं वार्षिकोत्सवका अवसरमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा.विजय न्यौपानेले अस्पतालले अहिले भैरहेको फार्मेसीमा बिरामीको चाप देखिएकाले चालु आर्थिक वर्षमा दुईवटा फार्मेसी थप्ने योजनाका साथ तयारी भइरहेको जानकारी दिए । यस्तै डेन्टलको क्यान्सर भएका बिरामीलाई उपचार दिन डेन्टल सेवा चलाउने काम अगाडि बढेको पनि अध्यक्ष न्यौपानेको भनाइ छ...
मिटर जडानै नगरी विद्युत महसुल असुलीको प्रयास
बुधबार, असोज २, २०८१
उक्त संस्थाले २०८० साउन ९ गते प्राधिकरणमा मिटर जडानका लागि निबेदन दिएर भदौ महिनामा २२ हजार रुपैया बुझाएको थियो । १५ केभिए र २५ एम्पीयर क्षमताको मिटर जडानका लागि सो संस्थाले २२ हजार रुपैया प्राधिकरणलाई बुझाएको थियो । २०८० भदौमा पैसा बुझाएकोमा मिटर प्राधिकरणले २०८१ असार २५ गते संस्थाको कार्यालयमा...
बन्द भए चितवनका इँटा उद्योग
आइतबार, भदौ ३०, २०८१
गुणस्तरीय इँटा उत्पादन हुँदै आएको यहाँका सबै इँटा उद्योग बन्द भएका छन् । बीस वर्ष अघिसम्म ४४ इँटा उद्योग सञ्चालनमा रहेकामा अहिले सबै उद्योग बन्द भएका हुन् ।
किसानले अझै पाएनन् दूधको भुक्तानी, प्रशाेधन उद्योग ५ महिनादेखि बन्द
शनिबार, भदौ २९, २०८१
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार दुग्ध विकास संस्थानले मात्रै ३३ करोडभन्दा बढी भुक्तानी दिन बाँकी छ । जिल्लाका एक सय १५ सहकारी संस्थाले संस्थानसहित ४२ उद्योगलाई बिक्री गरेको दूधको भुक्तानी बाँकी रहेको हो ।

