चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो
शनिबार, साउन ५, २०८१

सिमलताल दुर्घटना : के देख्यो भौतिक मन्त्रालयको अध्ययन समितिले ?
बिहीबार, साउन ३, २०८१
चितवनको सिमलतालमा दुई वटा बस नै बगाउने गरी पहिरो आउनुको प्रमुख कारण डाँडामा खनिएको कच्ची सडक रहेको भौतिक मन्त्रालयको अध्ययन समितिले जनाएको छ ।

अन्तर्राष्ट्रिय पर्यटन बिज्ञ सम्मेलन २०२४ गर्दै भरतपुर महानगरपालिका
बुधबार, साउन २, २०८१
सम्मेलनमा वेलायत,मलेसिया,म्यानमार,अष्ट्रेलिया,बगलादेश लगायतका ५० भन्दा बढी राष्ट्रका बिज्ञहरु सहभागी हुनेछन् । उक्त सम्मेलनमा कानुन बिज्ञ,डाक्टर,वकिल,इन्जिनियर,पुर्व मन्त्रीहरु,पत्रकारहरु लगायतका क्षेत्रका अब्बल र लब्ध प्रतिष्ठत ब्यक्तिहरुलाइ सहभागिता गराइने लक्ष्य छ

चितवन मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सुरु
मंगलबार, साउन १, २०८१
चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा आजदेखि स्वास्थ्य बीमा कार्यक्रम पुनः सुरु भएको छ ।अस्पतालले आज पत्रकार सम्मेलन गरी स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरु भएको जानकारी दिएको हो । बिमा कार्यृक्रम पुनः सुरु गर्नेसम्बन्धमा अस्पतालले गत जेठ १८ गते स्वास्थ्य बीमा बोर्डसँग सम्झौता गरेको थियो

सिमलताल पहिरो : बेपत्तामध्ये ११ जनाको शव भेटियो, बस खोज्न विदेशबाट विशेष उपकरण ल्याउने तयारी
सोमबार, असार ३१, २०८१
त्रिशूली नदीमा बेपत्ता भएका ६५ यात्रुमध्ये ११ जनाको शव भेटिएको छ । चितवन, नवलपरासीको गैँडाकोट , त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन् ।

त्रिशूलीमा बेपत्ता तीन जनाको शव फेला, २ को सनाखत
शनिबार, असार २९, २०८१
नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिराले बगाएका बसका बेपत्ता यात्रीमध्ये तीन जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार तीन वटा शव भेटिएको छ भने दुईजनाको पहिचान खुलेको छ ।
नारायणगढ–मुग्लिन सडकमा पहिरोले बगाउँदा दुई वटा बस त्रिशूलीमा बेपत्ता
शुक्रबार, असार २८, २०८१
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६३ रहेको बताइएको छ ।

भरतपुर अस्पतालमा आजदेखि एमआरआई सेवा
बिहीबार, असार २७, २०८१
भरतपुर अस्पतालमा आजदेखि ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि बिहीबारदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो ।
इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर
बुधबार, असार २६, २०८१
चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न ती समुदायका आवास निर्माण भएका हुन् । मङ्गलबार गाउँपालिकाको वडा नं ७ मा आयोजित कार्याक्रममार्फत गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गरे ।

ऐतिहासिक उपर्दाङ्गगढीको कोतघर पुनःनिर्माण गरिने
मंगलबार, असार २५, २०८१
इच्छाकामना गाउँपालिका–७ स्थित ऐतिहासिक उपर्दाङ्गगढीको कोतघर पुनःनिर्माण गरिने भएको छ । गढीको भौतिक संरचना पुनःनिर्माणअन्तर्गत भग्नावशेष अवस्थामा किल्लाभित्र रहेको कोतघरलाई पुनःनिर्माण गरिने भएको हो ।

एक अर्ब लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन
सोमबार, असार २४, २०८१
चितवनको कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा एक अर्बभन्दा बढीको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । हिमाल, पहाड र तराइको रहनसहनअनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाको अगुवाइमा हालै रिसोर्ट सञ्चालनमा आएको हो ।

दियालो बंगला सर्वसाधारणका लागि खुला
आइतबार, असार २३, २०८१
नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला अब सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । आज एक समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बंगला औपचारिक रूपमा खुला गरेका हुन् ।