Mero Chitwan
उद्योग वाणिज्य संघ चितवन चुनाव : अहिलेसम्म को–को भए विजयी ?

चितवन : उद्योग वाणिज्य संघ चितवनको ५७ औँ साधारण सभाअन्तर्गत सोमबार भएको निर्वाचनको नतिजा आउने क्रम सुरु भएको छ ।

हालसम्म घोषित परिणामअनुसार वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी निर्वाचित भएका छन् । सुवेदीले १२ सय २२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी राजन पियाले ११ सय ११ मत पाए ।

यस्तै उपाध्यक्षहरुमा राजेन्द्र ओली, नारायण प्रधान र अशोक अधिकारी विजयी भएका छन् । संघका प्रमुख निर्वाचन अधिकृत राजकुमार श्रेष्ठका अनुसार उपाध्यक्ष (वाणिज्यतर्फ) राजेन्द्र ओलीले १२ सय ४६ मत ल्याएर निर्वाचित भएका हुन् । ओलीका प्रतिस्पर्धी रजनी मास्केले १ हजार ९० मत पाइन् । उपाध्यक्ष (कर्पाेरेट/वस्तुगततर्फ) नारायण प्रधानले १ हजार १९९ मत ल्याएर निर्वाचित भए । प्रतिस्पर्धी जनक पौडेलले १ हजार ५९ मत पाए । त्यस्तै, उपाध्यक्ष (उद्योगतर्फ) अशोक अधिकारीले १ हजार ७९५ मत पाएर निर्वाचित भए । 

यस्तै संघको कार्यसमिति सदस्य (महिलातर्फ) अस्मिता तिमिल्सिना निर्वाचित भएकी छन् । तिमिल्सिनाले एक हजार ४०३ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी योगिता पियाले ९४७ मतमात्र पाइन् । कार्यसमिति सदस्य (वाणिज्यतर्फ) ६ जना सदस्यहरु निर्वाचित भएका छन् । प्रमुख निर्वाचन अधिकृत राजकुमार श्रेष्ठका अनुसार वाणिज्यतर्फ गुणराज पौडेल सर्वाधिक मतका साथ विजयी भएका हुन् । जम्मा खसेको मत २४ सय १४ मध्ये पौडेलले सर्वाधिक १९ सय ६१ ल्याएका छन् । त्यस्तै श्रीकृष्ण लम्साल १८ सय ८३ मतका साथ दोस्रो स्थानमा विजयी भए । त्यस्तै दीपा शाही (१८४१ मत), सन्तोषजनक भुसाल (१७८२), दाताराम घिमिरे (१७३४ मत) र सुनिता लिगल कर्माचार्य (१७२१ मत) का साथ विजयी भएका छन् । विजयीमध्ये घिमिरेले कुनै पनि प्यानलमा नपरी जितेका हुन् ।

कार्यसमिति सदस्य (उद्योगतर्फ) इमान्दु बराल (१३९० मत), अशोक श्रेष्ठ (१३२१ मत), पूर्णिमा जोशी श्रेष्ठ (१२६७० मत), धनप्रसाद पोखरेल (१२३९ मत), उपेन्द्र पण्डित (१२३१) मत र शंकर अधिकारी (११९०) मत सहित विजयी भएका छन् । विजयी भएका अशोक श्रेष्ठ, उपेन्द्र पण्डित र शंकर अधिकारी प्यानलबाहिरबाट उमेदवारी दिएर विजयी भएका उम्मेदवारहरु हुन् ।
 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update