Mero Chitwan
अपडेट :  त्रिशुलीमा डुबेको भारतीय गाडीमा यात्रु फेला परेनन्
अपडेट :  त्रिशुलीमा डुबेको भारतीय गाडीमा यात्रु फेला परेनन् काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको अवस्थामा आज बिहान त्रिशुलीमा खसेको भारतीय गाडीमा कुनै पनि यात्रु फेला परेनन् । सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीमुनि गएर खोजबिन गर्दा गाडीमा कोही पनि यात्रुलाई फेला नपारेको हो । 
त्रिशुलीमा भारतीय गाडी खस्यो, उद्धार प्रयास जारी
त्रिशुलीमा भारतीय गाडी खस्यो, उद्धार प्रयास जारी नारायणगढ–मुग्लिन सडकको ३ नम्बर पुलबाट भारतीय बोलेरो गाडी नदीमा खसेको हो । गाडी पूर्ण रुपमा नदीमा डुबेको छ भने सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धार प्रयास गरिरहेको छ । गाडी आज बिहान ४ बजे खसेको हो ।
देवघाटमा ५ लाखले मेला भरे माघेसंक्रान्तिको
देवघाटमा ५ लाखले मेला भरे माघेसंक्रान्तिको तनहुँको पवित्र धार्मिकस्थल देवघाटधाममा करिब पाँच लाख भक्तजनले माघे संक्रान्तिको मेला भरेका छन् । देवघाट क्षेत्र विकास समिति तनहुँका कार्यकारी निर्देशक सदन बरालले आज बिहानैदेखि देवघाटमा करिब पाँच लाख भक्तजनले मेला भर्नुका साथै वेणीसङ्गममा स्नान गरेको बताए । मेला शान्तिपूर्ण रुपमा सम्पन्न भएको पनि उनको भनाइ छ । 
गोलाघाटमा कुमाल जातिको पहिलो बृहत राष्ट्रिय कार्यक्रम
गोलाघाटमा कुमाल जातिको पहिलो बृहत राष्ट्रिय कार्यक्रम आफ्नो पहिचान र संस्कृतिको संरक्षणको लागि देशभरका कुमाल समुदाय अगुवाहरू चितवनमा भेला भएर माघे सङ्क्रान्ति पर्व मनाएका छन् । कुमाल समाज नेपालले पहिलोपटक चितवनको गोलाघाटमा विशेष कार्यक्रम आयोजना गरेको छ । 
देवघाट स्नान गर्न भक्तजनको घुइँचो
देवघाट स्नान गर्न भक्तजनको घुइँचो पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्तिमा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आज बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । त्यसपछि क्रमशः भक्तजन आउने क्रम सुरु भएको हो ।
नारायणगढ–मुग्लिन सडक आज र भोलि खुला रहने
नारायणगढ–मुग्लिन सडक आज र भोलि खुला रहने नारायणगढ–मुग्लिन सडकखण्डमा आज र भोलि दिउँसो पनि यातायात सेवा खुला गरिने भएको छ। देवघाटधाममा लाग्ने माघेसङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै दिउँसो यातायात सेवा यथावत सञ्चालन गर्ने निर्णय भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी तथा इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए
देबघाटमा माघेसङ्क्रान्ति मेलाको शुभारम्भ
देबघाटमा माघेसङ्क्रान्ति मेलाको शुभारम्भ  देवघाटको बेनीमा बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीयलगायतको उपस्थितिमा लिङ्गो गाडेर मेलाको शुभारम्भ गरिएको हो
देवघाटमा माघे संक्रान्ति मेलाको यस्तो छ तयारी
देवघाटमा माघे संक्रान्ति मेलाको यस्तो छ तयारी त्रिशूली र कालिगण्डकी नदीको संगमस्थल देवघाटमा लाग्ने माघेसङ्क्रान्ति मेला व्यवस्थापनको तयारी पूरा भएको छ । देवघाट क्षेत्र विकास समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी मेला व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
१६ औं राष्ट्रपति रनिङ शिल्डमा भरतपुर महानगरपालिका प्रथम
१६ औं राष्ट्रपति रनिङ शिल्डमा भरतपुर महानगरपालिका प्रथम १६ औं राष्ट्रपति रनिङ शिल्डमा भरतपुर महानगरपालिका प्रथम भएको छ । भरतपुर ५ विकासचोकस्थित खेल मैदानमा दुई दिनसम्म चलेको प्रतियोगितामा भरतपुर १५ स्वर्ण पदक जित्दै प्रथम भएको हो
रेलमार्ग रेखांकन विवाद  : कस्तो छ भरतपुर प्रमुख दाहालले अघि सारेको विकल्प ?
रेलमार्ग रेखांकन विवाद : कस्तो छ भरतपुर प्रमुख दाहालले अघि सारेको विकल्प ? पूर्व–पश्चिम रेलमार्गको रेखांकन विवादमा भरतपुर महानगरले नयाँ विकल्प अघि सारेको छ । भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालसहित सरोकारवालासँग शनिबार भएको छलफलमा प्रमुख दाहालले  विकल्प अघि सारेकी हुन्। 
खैरहनीमा सुरु भयो नवौँ खिचरा महोत्सव
खैरहनीमा सुरु भयो नवौँ खिचरा महोत्सव थारू संस्कृति जोगाउनका लागि आज पुस २८ गते पूर्वी चितवनको खैरहनीमा नवौँ खिचरा महोत्सव सुरु भएको छ । थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी नगरपालिका–५ गौचरनमा आगामी माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ
Weather Update