Mero Chitwan
सौराहामा फूड फेस्टिभल सुरु, उद्घाटनअघि शोभायात्राको रौनक [फोटो फिचर]

सौराहा-चितवनको पर्यटकीय नगरी सौराहामा १८औं सौराहा फूड फेस्टिभल सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल रेवान सौराहा चितवनको आयोजनामा सुरु गरिएको महोत्सव फागुन ३ गतेसम्म चल्नेछ । 
महोत्सवको उद्घाटनअघि सौराहाको हात्तीचोकबाट विभिन्न संस्कृति र परम्परा झल्कने शोभायात्रा निकालिएको थियो । 

सौराहासहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर रेबानले फेस्टिभल आयोजना गरेको हो । फेस्टिभलमा बहु जातजातिका झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकार तथा दि एक्सीस ब्याण्डको साँगीतिक प्रस्तुति, स्थानीय जनजातिका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेट्रेसबीच प्रतियोगिता, प्रणय दिवस विशेष कार्यक्रम, तान डोरी प्रतियोगिता, रेवान कप पालिकास्तरीय भलिवल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता तथा सिन्धुलीको कर्ने मगर बाजाको प्रस्तुति रहने छ ।

दैनिक पाँच हजार पर्यटकले अबलोकन गर्ने उक्त फेस्टिभलमा ६० लाख अनुमानित खर्च हुने तथा तीन करोडको कारोबर हुने अनुमान गरिएको रेवानका महासचिव नविन नेपालले जानकारी दिए ।  रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिभलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् । फेस्टिभलमा ५० वटा खानाका स्टलहरु रहने छन् ।

 

तस्बिर-राजेन्द्र आचार्य

received_682040633863316-1707642588.jpeg

received_1054204792356845-1707642548.jpeg

received_402833775493579-1707642512.jpeg

received_758627299519796-1707642475.jpeg

received_1038984280528943-1707642025.jpeg

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update