पुंगी खोलामा पर्ने मापदण्डविपरीतका संरचना घरधनीले आफैं भत्काउन थाले
बिहीबार, कात्तिक १, २०८१
गत असोज २ गते भरतपुर महानगरले मापदण्डविपरीत निर्माण भएका संरचनामा डोजर चलायो । महानगरले डोजर चलाउँदा धनजनको क्षति नपुग्ने गरी भत्काउने नीतिअनुसार सम्बन्धित घरधनीलाई एक हप्ताको समय सीमा दियो ।
तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती
मंगलबार, असोज १५, २०८१
-केही दिनअघिको अविरल वर्षाले नारायणी नदी उर्लिएर आयो । नारायणी नदीको जलसतह निकै माथि उक्लियो । तर पनि भरतपुर महानगरभित्र पर्ने अधिकांश नदी किनार क्षेत्रका तटबन्ध नदीले तोड्न सकेन । तटबन्ध नभएका केही स्थानबाट नदी बस्तीमा पसे पनि वितण्डा मच्चाउन पाएन ।
चितवनमा डेङ्गी र स्क्रब टाइफसका बिरामी बढे
बुधबार, असोज ९, २०८१
साउनयता जिल्लामा डेङ्गीको सङ्क्रमण र स्क्रब टाइफसका बिरामी बढ्दै गएकका जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले बताए। उनका अनुसार हालसम्म पाँच हजार एक सय १३ जनाको परीक्षण गर्दा एक हजार चार हजार ९२ जनामा डेङ्गीको सङ्क्रमण देखिएको हो ।
चितवनको साहारा सहकारीको बचत हिनामिना : जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दायर
मंगलबार, असोज ८, २०८१
चितवनका सरकारी वकिल शान्तिप्रसाद लुइँटेलले साहारा सहकारीका बचतकर्तामध्ये ४ सय ४६ जनाले प्रहरीमा दिएको उजुरीका आधारमा अनुसन्धान भएर आएको प्रतिवेदनका आधारमा मुद्दा दायर भएको बताए । साहारा चितवनमा ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रूपैयाँ हिनामिना भएको बचतकर्ताहरुको दाबी छ। सहकारीका कुल बचतकर्ता ६ हजार ३ सय...
चितवनको क्यान्सर अस्पतालले २ वटा फार्मेसी थप्ने
शनिबार, असोज ५, २०८१
अस्पतालको २५ औं वार्षिकोत्सवका अवसरमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा.विजय न्यौपानेले अस्पतालले अहिले भैरहेको फार्मेसीमा बिरामीको चाप देखिएकाले चालु आर्थिक वर्षमा दुईवटा फार्मेसी थप्ने योजनाका साथ तयारी भइरहेको जानकारी दिए । यस्तै डेन्टलको क्यान्सर भएका बिरामीलाई उपचार दिन डेन्टल सेवा चलाउने काम अगाडि बढेको पनि अध्यक्ष न्यौपानेको भनाइ छ...
मिटर जडानै नगरी विद्युत महसुल असुलीको प्रयास
बुधबार, असोज २, २०८१
उक्त संस्थाले २०८० साउन ९ गते प्राधिकरणमा मिटर जडानका लागि निबेदन दिएर भदौ महिनामा २२ हजार रुपैया बुझाएको थियो । १५ केभिए र २५ एम्पीयर क्षमताको मिटर जडानका लागि सो संस्थाले २२ हजार रुपैया प्राधिकरणलाई बुझाएको थियो । २०८० भदौमा पैसा बुझाएकोमा मिटर प्राधिकरणले २०८१ असार २५ गते संस्थाको कार्यालयमा...
बन्द भए चितवनका इँटा उद्योग
आइतबार, भदौ ३०, २०८१
गुणस्तरीय इँटा उत्पादन हुँदै आएको यहाँका सबै इँटा उद्योग बन्द भएका छन् । बीस वर्ष अघिसम्म ४४ इँटा उद्योग सञ्चालनमा रहेकामा अहिले सबै उद्योग बन्द भएका हुन् ।
किसानले अझै पाएनन् दूधको भुक्तानी, प्रशाेधन उद्योग ५ महिनादेखि बन्द
शनिबार, भदौ २९, २०८१
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार दुग्ध विकास संस्थानले मात्रै ३३ करोडभन्दा बढी भुक्तानी दिन बाँकी छ । जिल्लाका एक सय १५ सहकारी संस्थाले संस्थानसहित ४२ उद्योगलाई बिक्री गरेको दूधको भुक्तानी बाँकी रहेको हो ।
कालिकाका मेयर रेग्मीले गरे मह घरको उद्घाटन
शुक्रबार, भदौ २८, २०८१
पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ६ खोलेसिमल बजारमा किसानले उत्पादन गरेका मह विक्रीका लागि मह घर सञ्चालनमा ल्याइएको छ ।
पर्यटकीय मौसमको पखाईमा सौरेलीहरु
सोमबार, भदौ २४, २०८१
कोठाभित्रको रङ्गरोगनको काम सक्ने तयारीमा रहेका सिलवालले भने, 'रङ्गरोगनको काम सकेर टायलमा पुटिन दल्ने काम सुरु गर्दैछौँ', उनले थपे, 'एकदुई दिनपछि पर्यटक बोलाउनु प-यो नि ।' बर्सातको समयमा घुम्न आउने पर्यटकको सङ्ख्या निकै कम हुने गर्दछ । केही वर्षअघि सम्म सौराहाका होटल व्यवसायीले मजदुर कर्मचारीहरुलाई यो समयमा बिदा दिने गर्दथे...
रत्ननगरका मेयर सापकोटाद्वारा २० प्रकारका स्वास्थ्य परीक्षण निःशुल्क गर्ने घोषणा
बिहीबार, भदौ २०, २०८१
नगरपालिकाद्वारा आफ्नै लगानीमा सञ्चालित प्रयोगशालाहरुबाट निःशुल्क परीक्षणको व्यवस्था गरिएको हो। जसअनुसार एचआइभी परीक्षण, टाइफाइड, थायराइड, ब्लड सुगर, युरिक एसिड, कोलेस्टेरोल, युरिया, क्रेटिनिन, बिलिरुबिनलगायतका परीक्षण छन् ।
भरतपुरमा बसाइसराइँ गरी आउनेको चाप बढी
आइतबार, भदौ ९, २०८१
भरतपुर महानगरपालिकामा भएको तीव्र विकाससँगै यहाँ बसाई सरेर आउनेको सङ्ख्या बढ्दो पाइएको छ । गत आर्थिक वर्षमा महानगरपालिकामा विभिन्न जिल्लाबाट सात हजार नौ सय १२ परिवार बसाई सरी आएका छन् । त्यसैगरी दुई हजार पाँच सय ७६ परिवारले बसाइसराइँ दर्ता गराएको महानगरको तथ्याङ्क छ ।


