Mero Chitwan
सौराहाका सडकमा नम्बर राख्न सुरु

काठमाडौं–देशकै प्रमुख पर्यटकीय स्थल सौराहाका सडकलाई नम्बरिङ गर्न थालिएको छ ।

रत्ननगर नगरपालिका वडा नम्बर ६ र ७, क्षेत्रीय होटल संघ र रेष्टुरेन्ट तथा बार एशोसियसन नेपाल (रेबान) को संयुक्त प्रयास तथा पर्यटन बोर्ड र राष्ट्रसंघीय विकास कार्यक्रम–युएनडीपीको सहयोगमा सडकहरुलाई नम्बरिङ (स्ट्रीट नेमिङ) थालिएको हो ।

आज स्ट्रीट नम्बर १ को बोर्ड राखेर उद्घाटन गरिएको हो । यसअन्तर्गत ४० वटा बोर्ड राखिने जनाइएको छ। क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरीले विश्वभरका पर्यटकलाई सौराहामा होटल तथा गन्तव्यसम्म पुर्‍याउन सडक नम्बरले सहयोग पुर्‍याउने बताए । हाललाई रत्ननगर वडा नम्बर ६ र ७ मा सडकमा नम्बरिङ गरिने र त्यसले दिने परिणामका आधारमा अन्यत्र पनि नम्बर बोर्ड राख्ने कार्य अघि बढाइने जानकारी दिए । 

यसअन्तर्गत सौराहाको टिकट पार्क अफिसलाई जिरो नम्बर मानेर चित्रसारी पुलमा गएर टुंगिनेछ । युएनडीपी र पर्यटन बोर्डको ४ लाख रुपैयाँको सहयोगमा सडक नम्बरिङ गरिएको क्षेत्रीय होटल संघले जनाएको छ ।

chitwan-street-(1)-1716534126.jpg

chitwan-street-(2)-1716534212.jpg

chitwan-street-(5)-1716534218.jpg

chitwan-street-(4)-1716534217.jpg

ss-1716534214.jpg

chitwan-street-(3)-1716534214.jpg

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update