एनसेल शेयर बिक्रीमा प्रधानमन्त्री चासो, अनुसन्धान गर्न निर्देशन
सोमबार, मंसिर १८, २०८०
परराष्ट्रले गर्यो रुसमा ६ नेपाली मारिएको पुष्टि
सोमबार, मंसिर १८, २०८०
परराष्ट्र मन्त्रालयले आज (सोमबार) विज्ञप्ति जारी गर्दै रुसी सेनामा संलग्न भएका ६ नेपालीको मृत्यु भएको पुष्टि गर्दै रुसी सेनामा नेपालीलाई भर्ना नगर्न र भर्ना भएकालाई तत्काल फर्काउनसमेत अनुरोध गरेको छ ।
नारायणगढ–मुग्लिन सडक : तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी
सोमबार, मंसिर १८, २०८०
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला (तीन नम्बर) पुल भएको ठाउँमा नयाँ पुल बनाउन विस्फोट गर्ने तयारी गरिएको छ । भित्तोतर्फ पुल बनाउनका लागि डाँडा भत्काउनुपर्ने भएकाले विस्फोट गर्न लागिएको हो ।
बजारमा फेरि चिनी अभाव
सोमबार, मंसिर १८, २०८०
काठमाडौं । बजारमा फेरि चिनीको अभाव देखिएको छ । सरकारले आपूर्ति व्यवस्थामा गरेको गम्भीर हेलचेक्रयाइँ गरेका कारण बजारमा फेरि चिनीको अभाव देखिएको व्यापारीहरु बताउँछन् । दशैं अघिदेखि सुरु भएको चिनीको अभाव चिर्न प्रभावकारी हस्तक्षेप नहुँदा उपभोक्ताहरुले फेरि चिनी अभाव झेलेका हुन् । काठमाडौं उपत्यकाका खुद्रा र होलसेल पसलहरुमा फेरि चिनी...
नेपालको पश्चिमी भूभागमा बिहानैदेखि हिउँदे वर्षा र हिमपात
सोमबार, मंसिर १८, २०८०
लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हिमपातसमेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हेटौँडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
सोमबार, मंसिर १८, २०८०
हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
कोप सम्मेलन : कति पूरा भए जलवायु सम्मेलनमा नेपालले उठाएका एजेन्डा ?
सोमबार, मंसिर १८, २०८०
अधिकांश सम्मेलनमा नेपालले विपद्ले पार्ने हानी-नोक्सानीको क्षतिपूर्ति, जोखिममा परेका समुदायको जीवनस्तर सुधार तथा कार्बन व्यापारलगायतका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ । अहिलेसम्म नेपालले कोपमा उठाएका सरोकार कतिको सम्बोधन भए र नेपालका प्रतिबद्धता कति कार्यान्वयन भए ?
चितवनमा पढ्दै पढाउँदै
आइतबार, मंसिर १७, २०८०
कक्षा १२ उत्तीर्ण गरेकाहरुले बालविकास, प्राथमिक र आधारभूत तहमा एवं स्नातक गरेकाले माध्यामिक तहमा पढाउन पाउँछन् । बालविकासका स्वयंसेवक शिक्षकका लागि रु १० हजार त
अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा [सूचीसहित]
आइतबार, मंसिर १७, २०८०
निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको हो ।
कोपबाट फर्किएपछि प्रधानमन्त्रीले भने–प्रभावकारी र परिणाममुखी भयो’
आइतबार, मंसिर १७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’ प्रभावकारी र परिणाममुखी भएको बताएका छन् । कोप २८ मा सहभागी भई स्वदेश फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले यस पटक नेपालले आफ्ना ‘एजेन्डा’ प्रभावकारी र वस्तुनिष्ठ ढङ्गले प्रस्तुत गरेको बताए ।
एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश
आइतबार, मंसिर १७, २०८०
गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको कुुल रु २० अर्ब पुँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालुु आर्थिक वर्षमा सडक, मोटेरेबल पुुल, भवन र झोलुङ्गे पुुलसम्बन्धी एक हजार चार सय योजना कार्यान्वयन गर्दैछ ।
बागमतीका मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान
आइतबार, मंसिर १७, २०८०
गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन् । प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए ।
दक्षिण एसियाली कराते च्याम्पियनसिपमा भारत शीर्ष स्थानमा, नेपाललाई १२ स्वर्ण
शनिबार, मंसिर १६, २०८०
नेपाल कराते महासंघको व्यवस्थापनमा आज सुरु भएको प्रतियोगितामा अहिलेसम्म १२ स्वर्ण र १३ रजतसहित कुल २५ पदक जितेर नेपाल तालिकाको दोस्रो स्थानमा छ । भारतले १५ स्वर्ण जितेको छ।


