Mero Chitwan
किन पर्छ चाया, यसको  प्राकृतिक उपचार के ?

जाडो मौसममा प्रायजसो चाया पर्छ। हामी छाला सुख्खा भएका कारण चाया पर्छ भन्ने सोच्छौं । तर कपालको सफाइमा ध्यान नदिँदा, शरीरमा हुने हर्मोन परिवर्तन र वंशाणुगत गुणले पनि चाया पर्ने हुन्छ। विभिन्न रोग, अखाद्य वस्तुको सेवन तथा कपालमा केमिकलको प्रयोग गर्दा पनि टाउकोमा चाया पर्ने हुन्छ। अत्यधिक तनाव लिने, शारीरिक थकानको काम गर्ने र केही एलर्जीले समेत चाया पर्दछ। 

चायाको समस्या समाधान गर्न केही प्राकृतिक उपचारहरू पनि छन् जसको कुनै साइड इफेक्ट छैन। 

१. १ चम्चा मेथीको दाना र १ चम्चा त्रिफला चुर्ण १ कचौरा दहीमा रातभर भिजाउनुहोस्। अर्को बिहान, यसलाई एक घण्टाका लागि मास्कको रूपमा प्रयोग गर्नुहोस् र स्याम्पुले हल्का धुनुहोस्। हप्तामा एक वा दुई पटक यसो गर्न सक्नुहुनेछ। 

२. एक कचौरा नरिवलको तेल २ मिनेट तताउनुहोस्। त्यसपछि यसमा १ चम्चा कागतीको रस हाल्नुहोस् र राम्ररी मिलाउनुहोस्। यसलाई आफ्नो कपालमा रातभर वा नुहाउनुअघि २ घण्टासम्म लगाउनुहोस्। हप्तामा एक पटक गर्नुहोस्।

३. १ कप एलोभेरा जेललाई दुई चम्चा क्यास्टर आयलसँग मिलाउनुहोस् । यसलाई आफ्नो टाउकोमा लगाउनुहोस् । यसलाई रातभर बस्न दिनुहोस् र अर्को बिहान यसलाई धुनुहोस्। हप्तामा एक पटक यसो गर्नुहोस्।

४. एक कप मेथीको दाना रातभर पानीमा भिजाउनुहोस्। पेस्ट बनाउनुहाेस् र यसमा ४ चम्मच एलोवेरा जेल थप्नुहोस्। राम्ररी मिलाउनुहोस् र यो पेस्ट आफ्नो कपालमा लगाउनुहोस् ।

५. नीमको पातले उमालेको पानीले कपाल धुनुहोस्।

यसो गर्नाले कपालकाे चाया पनि कम हुन्छ र साइडइफेक्ट पनि गर्दैन । साथै विभिन्न रसायनयुक्त स्याम्पुबाट हुने कपाल झर्नेजस्ता समस्याबाट पनि मुक्ति हुन्छ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update