
काठमाडौँ : नेपाली टोपी नेपाली पहिचान भन्ने नारासहित आज ११ औँ नेपाली टोपी दिवस मनाइएको छ । विगत १० वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षलाई नेपाली टोपी दिवसका रूपमा मनाइँदै आएको हो ।
नेपाली टोपीले बहुसङ्ख्यक नागरिकको प्रतिनिधित्व गर्ने र कसैको आत्मसम्मानमा चोट नपुऱ्याएको हुदां नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रूपमा प्रवर्द्धन गर्नको लागी टोपी दिवस मनाइँदै आएको हो ।
आजैका दिन जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै माइतीघरमा मधेसी समुदायका केही व्यक्तिहरू सेतो धोती लगाएर ‘धोती दिवस’ लेखिएको ब्यानरसहित भेला भएका थिए । विद्यार्थी जनमत संघको आयोजनामा भएको राष्ट्रिय धोती दिवसको कार्यक्रमा प्रदर्शनकारीहरुले धोती लगाएर दिवस मनाउँदै धोती हाम्रो सान हो लगायतका नारा लगाएका थिए । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरूलाई हस्तक्षेप गरेको छ ।