नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाणलाई ३० लाख धरौटीमा छोड्न आदेश
बिहीबार, मंसिर २८, २०८०
ओलीमाथि धनकुटामा हातपात
बिहीबार, मंसिर २८, २०८०
नेकपा एमालेको मध्यपहाडी संकल्प यात्राका क्रममा धनकुटाको लेगुवा पुगेका ओलीमाथि एक युवाले आज दिउँसो हातपात गरेका हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा ओलीको सुरक्षा घेरा तोडेर ती युवाले हातपात गरेको देखिएको छ ।
विश्वसनीयता र सही सूचना हाम्रो प्राथमिकता
बिहीबार, मंसिर २८, २०८०
अनलाइनको यो भीडमा हामी पनि मिसिन आइपुगेका छौं । देशका सार्वजनिक चासोका विषयबाहेक हाम्रो मुख्य प्राथमिकता चितवनको विकास हुनेछ । ‘हाम्रो चितवन : मेरो चितवन’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै हामी सामग्री पस्कनेछौं
अध्ययनको खुलासा : कोभिड संक्रमणको २ वर्षसम्म रहन सक्छ फोक्सोमा भाइरस
बिहीबार, मंसिर २८, २०८०
अध्ययनकर्ताका अनुसार एक पटक कोरोना संक्रमण भएमा लामो समयपछि पनि शरीरमा यसको प्रभाव देख्न सकिन्छ। यो संक्रमण फोक्सोमा कम्तीमा १८ महिनासम्म रहन सक्छ। इन्स्टिच्युट पोस्ट्युर तथा फ्रेन्च पब्लिक रिसर्च इन्स्टिच्युट र एटोमिक इनर्जी कमिसनले गरेको अध्ययनमा कोरोना संक्रमित केही जनावरको नमूना लिइएको थियो ।
महेन्द्रनगरमा सालिक विवाद : एक साताको निषेधाज्ञा जारी
बिहीबार, मंसिर २८, २०८०
राप्रपाले संविधान चोकमा पूर्वराजा महेन्द्रको सालिक स्थापनासहित कार्यक्रम गर्ने तयारी गरेपछि त्यसको विरोध र पक्षमा आन्दोलन चर्किने देखिएछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
दाहाल नेतृत्वको सरकार संकटमा छ भन्ने संकेत गर्ने यी हुन् ४ कारण
बिहीबार, मंसिर २८, २०८०
यादवले सत्ता गठबन्धनलाई ५३ बुँदे सुझाव बुझाएका छन् । जसमा संविधान संशोधनका लागि आयोग गठनदेखि प्रदेशलाई क्षेत्राधिकारका विषय उठाइएका छन् । यादवले उठाएका संविधान संशोधनका माग पूरा गर्न दाहाल र गठबन्धन तत्काललाई तयार हुने देखिन्न । यसले पनि सरकारमाथि संकट थप्ने देखिन्छ ।
मेनुकाले गाएको पहिलो बलिउड गीत सार्वजनिक [भिडियोसहित]
बिहीबार, मंसिर २८, २०८०
भारतीय रियालिटी शो इण्डियन आइडलको टप १४ मा परेर वाहवाही बटुलिरहेकी नेपाली गायिका मेनुका पौडेलले बलिउडमा इन्ट्री गरेकी छन् । उनले बलिउडको ब्लकबस्टर फिल्म ‘केजीएफ’ का निर्देशक प्रशान्त नीलले निर्माण गरिरहेको फिल्म ‘सालार’ मार्फत् बलिउडमा प्रवेश पाएकी हुन् ।
चितवन राष्ट्रिय निकुञ्जमा कर्मचारी अभाव
बिहीबार, मंसिर २८, २०८०
निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले निकुञ्जमा आदेश दिने कर्मचारी रहेको तर कार्यक्षेत्रमा खटिने कर्मचारीको दरबन्दीको तुलनामा कम भएकाले काममा कठिनाइ आएको बताए । हात्ती, गोही, निकुञ्ज सुरक्षा, मानव वन्यजन्तुद्वन्द्व व्यवस्थापन लगायतका काम प्रत्यक्ष रुपमा फिल्डमा खटिएर गर्नुपर्छ ।
यू-१९ र यू-१६ महिला साफ च्याम्पियनसिपका लागि खेलाडीको खुला छनोट हुने
बिहीबार, मंसिर २८, २०८०
एन्फाले ती दुवै प्रतियोगितामा सहभागिता जनाउन खुला छनोटबाट टिम तयार गर्न लागेको हो । नेपालमा महिला फुटबलका घरेलु प्रतियोगिता लामो समयसम्म आयोजना नभएकाले उमेर समूहको टिमसमेत छैन ।
त्रिविले किन हटायो कुलपति पदक ? को-को पुरस्कृत हुँदैछन् दीक्षान्त समारोहमा ?
बिहीबार, मंसिर २८, २०८०
कुलपति पदक नौ वटै संकायमा सबैभन्दा बढी अंक ल्याउने एक विद्यार्थीलाई प्रदान गरिँदै आइरहेको थियो । कुलपति पदक तीन तोला सुन र प्रमाणपत्र हुने गर्दथ्यो । यसैबीच, ४९ औँ दीक्षान्त समारोह यसवर्ष आगामी पुस २ गते दशरथ रंगशालामा आयोजना हुने भएको छ ।
कोप २८ को प्रतिबद्धता : कति सम्भव छ विश्वबाट जीवाश्म इन्धन अन्त्य ?
बिहीबार, मंसिर २८, २०८०
‘जलवायुको विश्वव्यापी समीक्षा’ले तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्न विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनलाई सन् २०१९ स्तरको तुलनामा सन् २०३० सम्ममा ४३ प्रतिशत घटाउनुपर्ने विज्ञानलाई मान्यता दिएको छ । तर, यसले पेरिस सम्झौताका लक्ष्यहरू पूरा गर्ने कुरामा पक्ष राष्ट्रहरू प्रतिबद्धता पालनाबाट टाढा रहेका उल्लेख गरेको छ ।
ध्रुवे हात्तीलाई रेडियोकलर जडान
मंगलबार, मंसिर २६, २०८०
चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियोकलर जडान गरेको छ । हात्तीलाई निकुञ्जको सुखीभार क्षेत्रको घाँसे मैदानमा डार्ट गरी रेडियोकलर जडान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। हात्तीको घाँटीमा रेडियोकलर जडान गरिएको छ । रेडियो कलर जडान गरेसँगै हात्तीको निगरानी निकुञ्जले गर्न सजिलो हुने उनले बताए ।


