Mero Chitwan
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प , सुनामीको चेतावनी जारी

एजेन्सी- जापानमा आज  ७.६ म्याग्निच्युडको भूकम्प गएको छ। मध्यजापानको नोतो प्रायद्विपमा गएको भूकम्पका कारण अधिकारीहरुले ठूलो सुनामी आउन सक्ने चेतावनी दिएका छन् । 

जापानको सार्वजनिक प्रसारक एनएचके टिभीले उल्लेख गरे अनुसार भूकम्पपछि सुनामी आउनसक्ने चेतावनी दिदै ३ मिटरसम्म अग्लो छाल आउन सक्ने बताएको हो । छिमेकी निगाता र तोयामा प्रान्तहरूमा पनि सुनामीको  छालहरू ३ मिटरसम्म पुग्न सक्ने बताएको छ।

सुनामीका कारण मानिसहरूलाई अग्लो स्थान वा भवनमा चढ्न आग्रह गरिएको छ ।

देशको सबैभन्दा ठूलो आणविक उर्जा अपरेटर कन्साई इलेक्ट्रिकले प्रभावित क्षेत्रमा आणविक प्लान्टहरूमा कुनै क्षतिनभएको बताएको छ।

सन् २०११ मा, जापानमा ९ म्याग्निच्युडको भूकम्प गएको थियो, परिणामस्वरूप सुनामीले यसको उत्तरपूर्वी तटीय समुदायहरूमा १९ हजार भन्दा  बढी मानिसहरूको ज्यान गएको थियो । 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update