Mero Chitwan
इतिहासमा आज : जर्जियामा बोल्सेभिक क्रान्ति सुरु

काठमाडौं–आज फेब्रुअरी १२ । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?

१८०९ : प्रख्यात बेलायती वैज्ञानिक चाल्र्स डार्बिनको जन्म । 

१८१८ : स्पेनको उपनिवेशबाट चिली स्वतन्त्र भएको घोषणा । 

१९२१ : जर्जियामा बोल्सेभिक क्रान्ति सुरु । 

१९३५ : वैज्ञानिक रबर्ट वाट्सन वाटले पहिलोपटक विमानका लागि रेडियो संकेत अर्थात् राडारको प्रदर्शन गरे । 

१९४१ : बेलायती भौतिकविद् चार्ल्स फ्लेचरले पहिलो पक पेनिसिलिन इन्जेक्सनको पेटेन्ट दर्ता गरे । 

१९५५ : कजाखस्तानको बेकोनुरमा स्पेस सेन्टर बनाउने सोभियत संघको घोषणा । 

१९८३ : पाकिस्तानमा प्रस्तावित प्रमाणसम्बन्धी एक कानुनको विरोधमा एक सय महिलाहरुले सैनिक तानाशाह जियाउल हकविरुद्ध प्रदर्शन गरे । 

२००२ : सनु १९९७ देखि २००० सम्म युगोस्लाभियाका राष्ट्रपति रहेका स्लोबोदान मिलोसेभिचमाथि हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा युद्ध अपराधबारेको सुनुवाइ सुरु । सुनुवाइ अन्त्य हुनु चार वर्षअघि नेै उनको निधन भयो । 

२०१९ : मेसेडोनिया गणराज्यको नाम औपचारिक रुपमा उत्तर मेसेडोनिया गणराज्यको रुपमा परिवर्तन । 
 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update