Mero Chitwan
एनएसजेएफ स्पोर्ट्स अवार्ड : दीपक र राजपुरा उत्कृष्ट वर्ष खेलाडी [सूचीसहित]

काठमाडौँ - एथ्लेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७९ को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च  (एनएसजेएफ) ले आइतबार गरेको कार्यक्रममा दीपक पुरुषमा र राजपूरा महिलामा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

दीपकले क्रिकेटका रोहितकुमार पौडेल र आसिफ सेखलाई पछाडि पारे । महिलामा राजपुराले एथलेटिक्सकी पुष्पा भण्डारी र बास्केटबलकी अनुसा मल्ललाई पछि पारिन् । दीपक १६औं एसियाली क्रसकन्ट्री दौडमा दुई स्वर्ण विजेता हुन् । राजपुराले पनि एसियन क्रसकन्ट्री च्याम्पियनसिप दुई रजत पदक जितेकी थिइन् ।

दुवैले बजाज पल्सर एन २५० मोटरसाइकल पुरस्कार पाएका छन् । 

टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठले पिपुल्स च्वाइस अवार्ड जितिन् । ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा सिक्का विजेता भएकी हुन् । 

 अन्य उत्कृष्ट घोषितहरु

वर्ष उत्कृष्ट प्रशिक्षक :  चन्द्र गुरुङ (एथ्लेटिक्सक) 

युवा वर्ष खेलाडी : देव खनाल (क्रिकेट ) 

पारा एथ्लिट अवार्ड : मैयाँ बिसुङ्खे 

लाइफ टाइम एचिभमेन्ट अवार्ड : राजेन्द्रकुमार प्रधान (पहिलो ओलम्पियन एवम् भारोत्तलक)

स्पेसल अवार्ड :  सुदर्शन रन्जित (फोटो पत्रकार र पोखरेली खेलकुद अभियन्ता)

 एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड : रेमण्ड चु (हङकङ) 

 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  २२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update