Mero Chitwan
इतिहासमा आज : सोभियत–अफगान युद्ध औपचारिक रुपमा अन्त्य

काठमाडौं–आज फेब्रुअरी १५ । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?

१९२७ : साइलेन्ट फिल्म इट अमेरिकी सिनेमा हलमा रिलिज । यस फिल्मार्पmत् अभिनेत्री क्लारा बोउ स्टार बनेकी थिइन् ।  

१९६५ : म्यापलको पात क्यानडाको राष्ट्रिय चिह्न घोषणा । 

१९७८ : बक्सिङ च्याम्पियन मुहम्मद अलिलाई पराजित गर्दै लियोन स्पिङस हेभिवेट बक्सिङ च्याम्पियन बने ।

१९८९ : सोभियत–अफगान युद्ध औपचारिक रुपमा अन्त्य । सन् १९७९ देखि रहँदै अफगानिस्तानम रहँदै आएको सोभियत सेना फिर्ता ।

२००३ : इराक युद्धविरुद्ध विश्वका ६ सय शहरमा विरोध । जसमा ३ करोड मानिस सहभागी भएको अनुमान गरिन्छ । 

२०१७ : भारतीय अन्तरिक्ष यान पीएसएलभी–सी ३७ ले एकै उडानमा १ सय ४ वटा रकेट सफलतापूर्वक प्रक्षेपण गर्न सफल ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update