Mero Chitwan
यो हो अबुधाबीको पहिलो भव्य हिन्दू मन्दिर, यस्ता छन् यसका रोचक विशेषता 

एजेन्सी–मुस्लिमबहुल मुलुक यूएईको अबुधाबीमा पहिलो हिन्दू मन्दिर्को उद्घाटन गरिएको छ । मन्दिरको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो उद्घाटन गरेका हुन् । 

बोचासनवासी श्री अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था (बीएपीएस) ले यो मन्दिर निर्माण गरेको हो । यो संस्थाले विश्वभर १२ सयभन्दा बढी हिन्दू मन्दिर निर्माण गरेको छ । अबुधाबीको शेखर जायद राजमार्गनजिकै अल रहबामा अबु मुरेखा नामक स्थानमा निर्माण गरिएको यो मन्द्रि सर्वसाधारणका लागि भने मार्च १ देखि खुला हुनेछ ।

रोचक के छ भने मुस्लिम देशमा निर्माण गरिएको हिन्दू मन्दिरको मुख्य डिजाइनर क्रिश्चियन आर्किटेक्ट हुन् भने प्रोजेक्ट म्यानेजर शिख, डिजाइनर बौद्ध, कन्स्ट्रक्सन कम्पनी पारसी र डाइरेक्टर जैन धर्माबलम्बी हुन्। 

मन्दिर निर्माण गर्नका लागि २० हजार वर्गमिटर जमिन यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले उपहारका रुपमा दिएका हुन् । यो मन्दिर निर्माण २०१९ डिसेम्बरमा सुरु गरिएको थियो भने यसको निर्माणमा भारतीय कालीगढहरु संलग्न थिए । 

रोचक के छ भने मुस्लिम देशमा निर्माण गरिएको हिन्दू मन्दिरको मुख्य डिजाइनर क्रिश्चियन आर्किटेक्ट हुन् भने प्रोजेक्ट म्यानेजर शिख, डिजाइनर बौद्ध, कन्स्ट्रक्सन कम्पनी पारसी र डाइरेक्टर जैन धर्माबलम्बी हुन्। 

यो मन्दिरमा ७ वटा शिखर र ५ गुम्बज छन् । २ सय ६२ फिट लम्बाईको मन्दिरमा ५० हजार घनमिटर इटालियन मार्बल, १८ लाख घनफिट भारतीय स्यान्डस्टोन र १८ लाख पत्थरको इटा प्रयाग  गरिएको छ । तर, फलाम या स्टिल भने प्रयोग गरिएको छैन । मन्दिर निर्माण गर्न २० हजार टनभन्दा बढी पत्थर र मार्बल ७ हजार कन्टेनरमा अबुधाबी लगिएको थियो । 

मन्दिरको प्रवेशद्वारमा ८ मूर्ति छन्, जो सनातन धर्मको आठ मूल्यको प्रतिक मानिएको छ । यहाँ निर्माण गरिएको एम्फीथियटर बनारस घाटको आकारको छ । एम्फीथियटरमा पानीका दुई धारा देखिनेछन्, जसले सांकेतिक रुपमा भारतको गंगा र यमुनालाई देखाउनेछन् । 

७ सय करोड रुपैयाँमा निर्माण गरिएको मन्दिर्मा एक विशाल एम्फीथियटर, एक ग्यालरी, पुस्तकालय, फूड कोर्ट र ५ हजार मानिस अट्ने सामुदायिक हल छ । यो मन्दिर अबुधाबीदेखि ३० मिनेटको दूरीमा छ । 

अबूधाबीमा २६ लाख भारतीय छन्, जुन त्यहाँको कूल जनसंख्याको ३० प्रतिशत हो । यस्तै, नेपालसहितका अन्य मुलुकका हिन्द्रू पनि त्यहाँ छन् । 

hindu-1707966561.JPG

hindu3-1707966603.JPG

hindu1-1707966602.JPG

hindu2-1707966602.jpg

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update