Mero Chitwan
सिमसार दिवसमा बिसहजारी तालको सरसफाइ
सिमसार दिवसमा बिसहजारी तालको सरसफाइ सो अवसरमा तालमा जलकुम्भी फाल्ने, वरपर सफाईदेखि फोहोरसमेत व्यवस्थापन गरिएको निकुञ्जका सरक्षण अधिकृत एवम् बिसहजारी ताल संरक्षण समितिका अध्यक्ष गणेशप्रसाद तिवारीले जानकारी दिए ।
सहारा  सहकारीका  पीडितलाई १५ दिन भित्र  उजुरी दिन चितवन प्रहरीको आग्रह
सहारा सहकारीका पीडितलाई १५ दिन भित्र उजुरी दिन चितवन प्रहरीको आग्रह जिल्ला प्रहरी कार्यालय चितवनले सहारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निक्षेपकर्ताहरुलाई १५ दिनभित्र उजुरी दिन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले एक सूचना जारी गर्दै उजुरी दिन अनुरोध गरेको हो ।
नेपालमा चरा पर्यटनको विकास गर्न दोस्रो चरा उत्सव आउँदो सातादेखि
नेपालमा चरा पर्यटनको विकास गर्न दोस्रो चरा उत्सव आउँदो सातादेखि दोस्रो नेपाल चरा उत्सव यही माघ २६ देखि २८ गतेसम्म नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा हुने भएको छ । चरा तथा तिनको बासस्थानको संरक्षण, जनचेतनासँगसँगै सरोकारवालालाई जीविकोपार्जनमा टेवा पुग्ने गरी चरा पर्यटनको विकास गर्ने उद्देश्यका साथ चरा उत्सव आयोजना गर्न लागिएको हो । 
सौराहामा दक्षिण एसियाली चलचित्र महोत्सव सुरु
सौराहामा दक्षिण एसियाली चलचित्र महोत्सव सुरु चितवनको सौराहामा सौराहा साउथ एशियन फिल्म फेस्टिभल सुुुरु भएकाे छ । क्याराभान नेपालले रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा बिहीबारदेखि फेस्टिभल आयाेजना गरेकाे हाे ।
भरतपुर विमानस्थल बिस्तारको बाटो खुल्यो, अब ठूला जहाज अवतरण गर्न सक्ने
भरतपुर विमानस्थल बिस्तारको बाटो खुल्यो, अब ठूला जहाज अवतरण गर्न सक्ने सरकारले चितवनको भरतपुरस्थित नेपाली सेनाको घोडा प्रजनन केन्द्र शक्तिखोरमा सार्न सैद्धान्तिक सहमति दिएको छ । योसँगै भरतपुर विमानस्थल बिस्तारका लागि बाटो खुलेको छ ।
नारायणगढ–मुग्लिन सडक दिउँसो तीन साता बन्द हुने
नारायणगढ–मुग्लिन सडक दिउँसो तीन साता बन्द हुने नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ । सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो । 
८ वर्षमा पनि सकिएन भरतपुरको बाइपास सडक
८ वर्षमा पनि सकिएन भरतपुरको बाइपास सडक पूर्वपश्चिम राजमार्गबाट नारायणगढ बजारलाई छाडेर काठमाडौँतर्फ जाने बाइपास सडक निर्माण सुरु भएको आठ वर्षमा ९४ प्रतिशत काम भएको छ । दुई खण्डमा ठेक्का लगाइएको उक्त सडक आठ वर्षमा पनि सम्पन्न हुन नसकेको हो ।
विनोद चौधरीका भाइ अरुण पक्राउ
विनोद चौधरीका भाइ अरुण पक्राउ अर्बपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो।
कलेजो प्रत्यारोपण अब नेपाली चिकित्सकबाटै
कलेजो प्रत्यारोपण अब नेपाली चिकित्सकबाटै नेपालमै अब कलेजोको सफल प्रत्यारोपण हुने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण गरिएको हो । यसअघि भारतमा तथा नेपालमै पनि भारतीय चिकित्सकको सहयोगमा कलेज प्रत्यारोपण गर्ने गरिएकामा अब नेपालमै नेपाली चिकित्सिकले नै यो काम गर्ने भएका हुन् ।
यो हो विश्वकै सबैभन्दा ठूलो डिजिटल क्यामेरा, कति शक्तिशाली छ यो ?
यो हो विश्वकै सबैभन्दा ठूलो डिजिटल क्यामेरा, कति शक्तिशाली छ यो ? चिलीमा विश्वकै सबैभन्दा ठूलो डिजिटल क्यामेरा जडान गरिएको छ, जसले एकै पटकमा हजारौं ताराहरूको फोटो खिच्न सक्नेछ। २.८ मेट्रिक टन तौल भएको यो क्यामेरा कार जत्तिकै ठूलो छ।
जुम्लामा हिमपात, किसान दंग
जुम्लामा हिमपात, किसान दंग  यसवर्षको हिउँदेयामको पहिलो हिमपात हो । अहिले हिमपात भइरहेको छ । माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए । जौ र गहुँबाली लगाएका किसान भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ । 
सौराहामा सभाहल निर्माणको काम अन्तिम चरणमा
सौराहामा सभाहल निर्माणको काम अन्तिम चरणमा चितवनको सौराहामा निर्माणाधीन सभाहलको काम अन्तिम चरणमा पुगेको छ । ३५ करोडको लगानीमा सभाहल निर्माण हुन लागेको हो । बाँकी दुई प्रतिशत काम यही महिनाभित्र सम्पन्न हुने सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख झपटबहादुर थापाले जानकारी दिए । 
Weather Update