Mero Chitwan
कांग्रेसका नेताहरुले स्वतन्त्र सांसदलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरे : ओली
कांग्रेसका नेताहरुले स्वतन्त्र सांसदलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरे : ओली  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेताहरुले स्वतन्त्र सांसदलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेको दाबी गरेका छन्
 'क्यान्सर रोग लाग्दैमा डराउनुपर्दैन' 
 'क्यान्सर रोग लाग्दैमा डराउनुपर्दैन'  समयमा उपचार गर्न सके क्यान्सर रोग निको हुने चिकित्सकहरुले  बताएका छन् । क्यान्सर लागेपछि यसको पहिचान समयमा नै गर्न सके सफल उपचार भई बिरामीलाई मृत्युबाट बचाउन सकिने चिकित्सकहरुको भनाइ छ । 
चितवनको  फिस्लिङमा जिप दुर्घटना हुदा एकको अवस्था गम्भीर ,११ जना घाइते
चितवनको फिस्लिङमा जिप दुर्घटना हुदा एकको अवस्था गम्भीर ,११ जना घाइते चितवनको इच्छाकामना–३ फिस्लिङमा जिप दुर्घटना हुदा ११ जना घाइते भएका छन् । फिस्लिङबाट कुरिनटार तर्फ जाँदै गरेको प्र ३ ०१०२३ च ३८२ नम्बरको हाइलेक्स जिप अचानक पल्टँदा सो दुर्घटना भएको हो
प्रणय दिवसको अवसर पारेर सौराहामा फुड फेस्टिभल आयोजना गरिँदै
प्रणय दिवसको अवसर पारेर सौराहामा फुड फेस्टिभल आयोजना गरिँदै रेष्टुरेण्ट एण्ड बार एशोसिशन नेपाल (रेवान) ले यही माघ २८ गतेदेखि सौराहा फुड फेस्टिभल गर्ने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा रेवानले  प्रणय दिवसको अवसरमा पर्यटकीय नगरी सौराहामा ‘१८औँ सौराहा फुड फेस्टिभल’ आयोजना गर्न लागेको जनाएको हो ।
कृषि विश्वविद्यालयमा  अब कृषि इञ्जिनियरिङ पनि  पढाइ हुने
कृषि विश्वविद्यालयमा अब कृषि इञ्जिनियरिङ पनि पढाइ हुने कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अब कृषि इञ्जिनियरिङको पनि पढाइ हुने भएको छ । विश्वविद्यालयले आउँदो शैक्षिकसत्रबाट कृषि इञ्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय गरेको हो । 
अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
त्रिभुवन विमानस्थलका प्रहरी प्रमुख डीआइजी चन्दले दिए राजीनामा
त्रिभुवन विमानस्थलका प्रहरी प्रमुख डीआइजी चन्दले दिए राजीनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालका प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन्
नख्खु कारागारका आधा कैदीमा टाढा नदेख्ने समस्या, चिकित्सकसमेत आश्चर्यमा
नख्खु कारागारका आधा कैदीमा टाढा नदेख्ने समस्या, चिकित्सकसमेत आश्चर्यमा नख्खु कारागारका आधा जति कैदी चस्मा विना कम देख्ने अवस्थाका छन । कारागारमा यति धेरै सङ्ख्यामा दृष्टि दोष भएका र त्यसमा पनि बहुसंख्यक कैदी टाढाको वस्तु नदेख्ने वा धमिलो देख्ने अर्थात् अदूर दृष्टि (मायोपिया) का पाएपछि चिकित्सक समेत आश्चर्यमा परेका छन् ।
नारायणी किनारमा चिया प्रदर्शनी गरिने
नारायणी किनारमा चिया प्रदर्शनी गरिने चितवनस्थित नारायणी नदी किनारमा यही माघ २६ र २७ गते नेपाली चियाको बृहत प्रदर्शनी तथा टि टेस्टिङ गरिने भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना र चिया क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ–संस्थाको सहकार्यमा उक्त प्रदर्शनी आयोजना हुन लागेको हो ।
यू-१९ विश्वकप क्रिकेट : नेपाल भारतसँग १३२ रनले पराजित
यू-१९ विश्वकप क्रिकेट : नेपाल भारतसँग १३२ रनले पराजित आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सअन्तर्गत आजको खेलमा नेपाल भारतसँग एक सय ३२ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा भएको खेलमा जीतका लागि दुई सय ९८ रनको लक्ष्य पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै एक सय ६५ रन मात्रै बनाउन सक्यो । 
मैयाँँदेवी स्मृति यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि बागमतीलाई
मैयाँँदेवी स्मृति यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि बागमतीलाई समापन समारोहमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले खेल गतिविधिका लागि महानगरले ठूलो बजेट विनियोजन गर्दै आएको बताइन् । उनले माघ २६ गते हुने विद्यालयस्तरीय क्रिकेट लिगमा पनि महानगरले ठूलो लगानी गर्न लागेको उल्लेख गरिन् । 
बाँसबारी जग्गा हिनामिना प्रकरणमा अन्य व्यक्ति पनि तानिन सक्छन्  : सीआईबी
बाँसबारी जग्गा हिनामिना प्रकरणमा अन्य व्यक्ति पनि तानिन सक्छन् : सीआईबी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले आज पत्रकार सम्मेलन गरी बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हिनामिना प्रकरणमा अन्य व्यक्ति पनि तानिन सक्ने जनाएको हो ।
Weather Update