Mero Chitwan
पुटिन ८७ प्रतिशतभन्दा बढी मतका साथ पाँचौं कार्यकालका लागि निर्वाचित

एजेन्सी–रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौ कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । 

हालै भएको निर्वाचनमा उनले ८७ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । पश्चिमा मुलुकहरुले राष्ट्रपतिका अन्य उम्मेदवार नाममात्रका भएको जनाउँदै निर्वाचनको विश्वसनीयताप्रति आलोचना गरे पनि रुसी निर्वाचन आयोगले भने पश्चिमा मुलुकमा भन्दा बढी पारदर्शी रुपमा निर्वाचन भएको दाबी गरेको छ । 

७४ प्रतिशत मत खसेको दाबी गरिएको निर्वाचनमा पुटिनका प्रतिस्पर्धी कम्युनिष्ट पार्टीका उम्मेदवार निकोलाई खारितोनोभले ४ प्रतिशतभन्दा कम मत ल्याएको बताइएको छ । तर, उनले निर्वाचनअघि पुटिनको प्रशंसा गदै अभिव्यक्ति दिएका थिए । 

बेलायतले युक्रेनी भूमिका अवैधानिक रुपमा निर्वाचन गरिएको भन्दै निन्दा गरेको छ भने जर्मनीले सेन्सरसिप, दमन र हिंसाबीच निर्वाचन भएको उल्लेख गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update