Mero Chitwan
नर्भिक अस्पतालले बढायो नर्सको तलब

काठमाडौं । नर्भिक इन्टरनेसनल अस्पतालले नर्सिङ कर्मचारीको पारिश्रमिक वृद्धि गरेको छ। 

अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामीको सेवामा अहोरात्र खटिने नर्सिङ कर्मचारीको भूमिकालाई उच्च कदर गर्दै पारिश्रमिक वृद्धि गरेको जानकारी दिएको हो । अस्पतालले स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको पारिश्रमिक वृद्धि गरी न्युनतम तलब ३७ हजार  कायम गरेको छ । 

नर्भिक अस्पतालका अनुसार यो निर्णय कात्तिक १ गतेदेखि लागू हुनेछ। अस्पतालले चालु आर्थिक वर्षमा दोस्रो पटक पारिश्रमिक पुनर्मूल्याङ्कन गर्दै नर्सिङ कर्मचारीको तलब बढाएको हो। नर्भिकले गत महिना भएको जेन-जी आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने क्रममा नर्सिङ तथा मेडिकल कर्मचारीले देखाएको सदासयता र उच्च सेवाभावको प्रशंसा गरेको छ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  २१:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update