Mero Chitwan
जेन–जी भन्दै कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ

काठमाडौं । जेन–जी भन्दै कर्मचारीलाई धम्क्याउने अर्जुन शाहीलाई प्रहरीले पक्राउ गरेकाे छ।

अछामको पञ्चदेवल विनायक नगरपालिका-४ घर भएका २६ वर्षीय शाही विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले शाहीलाई नियन्त्रणमा लिइएको बताउनुभयो ।

शाही केही मुद्दामा फरार रहेको र अन्य आपराधिक पृष्ठभूमिबारे पनि अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो । जेन-जी आन्दोलनपछि ज्ञापनपत्र बुझाउने भन्दै विभिन्न सरकारी कार्यालयका प्रमुखलाई भेटेर उनले केरकार गर्ने गरेका थिए । 

नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगमका कर्मचारीहरुले समेत शाहीको गतिविधिबारे गुनासो गरेका थिए । कर्मचारीहरुका राजीनामा माग्दै हिँड्ने गरेका उनीबारे खोजी हुँदा वैदेशिक ठगी र बैंकिङ कसुरका आरोपीसमेत रहेको खुलेको थियो ।

यी हुन शाही अपराधिक गतिविधिमा संलग्न भएकाे सूची

arjunn-1760547471.jpg
 

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  २२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update