लुम्बिनीको तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध
आइतबार, वैशाख १६, २०८१

चितवनको रामनगरमा बन्यो सहिद लखन थापाको सालिक
आइतबार, वैशाख १६, २०८१
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सालिकको अनावरण गर्दै सहिदको बलिदानबाट देशमा परिवर्तन सम्भव भएको बताइन् । उनले सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षाका निम्ति सबै जुट्नुपर्नेमा जोड दिइन्। उनले लखन थापा पार्क निर्माणमा महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता पनि जनाइन् ।

लगानी सम्मेलन आजदेखि, १५१ परियोजना सोकेसमा
आइतबार, वैशाख १६, २०८१
नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिने छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन् भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ ।

पोखराको हेम्जामा बस दुर्घटना, १९ घाइते
शनिबार, वैशाख १५, २०८१
ग१ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बसमा ३६ जना यात्रु सवार थिए ।

इलाम-२ मा ५९.७९ प्रतिशत मतदान
शनिबार, वैशाख १५, २०८१
इलाम- २ मा आज भएको उपनिर्वाचनमा ५९.७९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसकेको र कूल ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मतदान भएको जानकारी दिएको छ ।

नेपालको वेस्ट इन्डिज ‘ए’ माथि शानदार जित
शनिबार, वैशाख १५, २०८१
नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले अपराजित गरेको हो ।
वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो
इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो
शनिबार, वैशाख १५, २०८१
इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो

जग्गाको उचित मूल्य निर्धारण नभएको भन्दै स्थानीय किसानहरू आन्दोलित
शनिबार, वैशाख १५, २०८१
लहान नगरपालिकाको उत्तरी क्षेत्रमा पर्ने वडा नम्बर ९, १०, ११, १३ र १४ वडाका पाँच सयभन्दा बढी किसानहरू जग्गाको उचित मूल्य निर्धारण नभएको भन्दै आन्दोलित भएका छन् । ढल्केबर दुहबी विद्युतीय प्रसारण परियोजनाको विद्युतीय तार तान्ने क्रममा आन्दोलित भएका हुन् ।

चितवनमा लागुऔषधविरुद्धको ३ महिने अभियान सुरु, ७ वटै स्थानीय तहमा सञ्चालन गरिने
शनिबार, वैशाख १५, २०८१

बागमती प्रदेशका जिल्लाहरूमा डेंगु सङ्क्रमण बढ्यो
शनिबार, वैशाख १५, २०८१
गर्मीयाम सुरु भएसँगै बागमती प्रदेशका जिल्लाहरूमा डेंगु सङ्क्रमण बढ्न थालेको तथ्याङ्क छ । स्वास्थ्य मन्त्रालयका अनुसार वैशाखमा प्रदेशका चितवन र मकवानपुरमा डेंगुका बिरामी फेला पर्न थालेका हुन्

छुट्टाछुट्टै घटनामा सर्लाहीमा दुईको मृत्यु
शनिबार, वैशाख १५, २०८१
सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला परेका छन् । आज बिहान ब्रह्मपुरी गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय अरविन यादव मृत फेला परेका हुन्

मध्यवर्ती क्षेत्रका स्थानीयले होमस्टेबाट लिँदैछन् बहुआयामिक लाभ
शनिबार, वैशाख १५, २०८१
चितवनको माडी नगरपालिका–८ स्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे ९घरबास० कि सञ्चालक पम्फा श्रेष्ठ हाल आयआर्जनमा वृद्धि भएकामा निकै खुसी देखिनुुहुन्छ
इलाम र बझाङमा मतदान सुरु
शनिबार, वैशाख १५, २०८१
निर्वाचन आयोगले निर्धक्क भएर मतदानमा भाग लिन मतदातालाई आह्वान गरेको छ । निर्वाचन कार्यक्रमअनुसार मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।