Mero Chitwan
सिरियामा इजरायलको आक्रमण, सिरियाली सेनाको ८० प्रतिशत सम्पत्ति नष्ट
सिरियामा इजरायलको आक्रमण, सिरियाली सेनाको ८० प्रतिशत सम्पत्ति नष्ट इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले सिरियाको राजधानी दमास्कस र लाताकिया क्षेत्र बीचमा रहेको सिरियाली सेनाको ७० देखि ८० प्रतिशत सम्पत्ति नष्ट गरेको दाबी गरेको छ ।
३ वर्षमा घट्यो टेलिकम सेवा प्रदायकहरुको २१ प्रतिशत आम्दानी
३ वर्षमा घट्यो टेलिकम सेवा प्रदायकहरुको २१ प्रतिशत आम्दानी अत्यधिक नवीकरण शुल्क, सेवा प्रदायकबीचको व्यवहार, ओभर द टप (ओटिटी) प्लेटफर्महरुको बढ्दो प्रयोग र ओटिटी प्लेटफर्मलगायतलाई नियमन गर्न नसक्दाको मारमा टेलिकम सेवाप्रदायक कम्पनी परेको विज्ञहरुको बुझाइ छ । यसबाट टेलिकम सेवाप्रदायकको आम्दानी घट्नुका साथै गुणस्तर सुधार, सेवा विस्तार र भावी योजनामा पनि असर परेको छ । 
रवि लामिछाने थप ५ दिन हिरासतमा, अदालतमा मुद्दा पेस गर्ने तयारी
रवि लामिछाने थप ५ दिन हिरासतमा, अदालतमा मुद्दा पेस गर्ने तयारी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेका रास्वपा सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।
दुर्गा प्रसाईं साइबर अपराधमा रिहा, संगठित अपराधको आरोपमा लगत्तै पक्राउ
दुर्गा प्रसाईं साइबर अपराधमा रिहा, संगठित अपराधको आरोपमा लगत्तै पक्राउ साइबर अपराधको आरोप लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं काठमाडौं जिल्ला अदालतको आदेशबाट रिहा भएलगत्तै पुन: पक्राउ परेका छन् ।
एनपिएल : जनकपुर र पाेखरा विजयी
एनपिएल : जनकपुर र पाेखरा विजयी आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गर्दै जित हासिल गरेको हो ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा काठमाडौँले जितका लागि दिएको एक सय दुई रनको लक्ष्य जनकपुरले १५ दशमलव पाँच ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको हो । जनकपुरका लागि जेम्स निशमले सर्वाधिक २७ रन बनाए ।...
कांग्रेसद्वारा दश भ्रातृ संस्थाको महाधिवेशन गर्न निर्देशन समिति गठन
कांग्रेसद्वारा दश भ्रातृ संस्थाको महाधिवेशन गर्न निर्देशन समिति गठन पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत मसान्तभित्र सबै भ्रातृ संस्थाको अधिवेशन सम्पन्न गर्नका लागि बुधबार निर्देशक समिति गठन गरेका हुन् ।       
एनपिएलबाट बाहिरियो लुम्बिनी लायन्स
एनपिएलबाट बाहिरियो लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेट प्रतियोगितामा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एनपिएलबाट बाहिरिने लुम्बिनी पहिलो टोली हो । 
विश्व क्रिकेटका महान ब्याटर ब्रायन लारा एनपीएलका लागि नेपाल आउने
विश्व क्रिकेटका महान ब्याटर ब्रायन लारा एनपीएलका लागि नेपाल आउने नेपाल प्रिमियर लिग एनपीएल र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सामाजिक संञ्जाल मार्फत वेस्ट इन्डिजका लिभिङ लेजेन्ड लारा नेपाल आउन लागेको जानकारी दिएका हुन् ।
उद्योग वाणिज्य महासंघको अध्यक्ष चयन प्रत्यक्ष निर्वाचनबाट
उद्योग वाणिज्य महासंघको अध्यक्ष चयन प्रत्यक्ष निर्वाचनबाट नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चयन प्रत्यक्ष निर्वाचनबाटै चयन हुने भएको छ । महासंघ कार्यसमितिले गत असार २४ मा तयार पारेको संशोधित विधान आज बसेको विशेष साधारणसभाले सर्वसम्मतले पारित गरेपछि उक्त व्यवस्था कार्यान्वयनमा आउने भएको हो ।
नारायणगढ–बुटवल सडक : म्याद थपिएको चार महिनापछि विस्तार सुरु
नारायणगढ–बुटवल सडक : म्याद थपिएको चार महिनापछि विस्तार सुरु राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ । २०७९ साउन २२ मा निर्माण सम्पन्न हुनुपर्ने यस योजनाको दोस्रोपटक थपिएको म्याद गत साउनमा सकिएको थियो । 
बीआरआई फ्रेमवर्क सार्वजनिक, के छ सम्झौता ?
बीआरआई फ्रेमवर्क सार्वजनिक, के छ सम्झौता ? सरकारले चीन सरकारसँग हालै भएको ‘बेल्ट एण्ड रोड कोअपरेसनको फ्रेमवर्क’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणका क्रममा यही मङ्सिर १९ गते भएको उक्त दस्तावेज परराष्ट्र मन्त्रालयले आज सार्वजनिक गरेको हो ।
नेपालले अन्तर्राष्ट्रिय अदालतसामु माग्यो जलवायु न्याय
नेपालले अन्तर्राष्ट्रिय अदालतसामु माग्यो जलवायु न्याय परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट कुरा उठाएकी छन् । 
Weather Update