भक्तपुरमा बाबुछोराको हत्या प्रकरणमा अनुसन्धान तीव्र
सोमबार, पुस ८, २०८१
यस्तो छ रवि लामिछानेविरुद्ध दर्ता गरिएको अभियोगपत्र [पूर्णपाठसहित]
आइतबार, पुस ७, २०८१
सहकारी ठगी प्रकरणमा मुछिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
भारतीय गायक सोनु निगम नेपाल आउँदै
आइतबार, पुस ७, २०८१
यही पुस १० गते बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रमका लागि भिडियो सन्देश पठाउँदै उनले नेपालीसँग पहिलोपटक साक्षात्कार हुने बताए ।
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
आइतबार, पुस ७, २०८१
चेपाङ समुदायबाट गोरखा जिल्लाबाट स्नातकोत्तर गर्ने गण्डकी गाउँपालिका–१ मकैसिङकी रमिला चेपाङ सम्मानित भएकी छन् । शनिबार इच्छाकामना न्यूज डटकमको सातौँ वार्षिकोत्सवका अवसरमा इच्छाकामना–३ चुम्लिङटारमा उनी सम्मानित भएकी हुन् ।
रवि लामिछानेको सांसद पद निलम्बनका लागि कास्की प्रहरीले सभामुखलाई पठायो पत्र
आइतबार, पुस ७, २०८१
रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन गर्न कास्की प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ । रास्वपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित लामिछानेको पद निलम्बन गर्नका लागि सभामुखलाई पत्र पठाइएको हो ।
रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर
आइतबार, पुस ७, २०८१
सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
प्रथम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधि बुटबल तेक्वान्दो डोजाङ्गलाई
शनिबार, पुस ६, २०८१
चितवनको भरतपुरमा सम्पन्न प्रथम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०२४ को उपाधि बुटबल तेक्वान्दो डोजाङ्गले जितेको छ । बुटबल तेक्वान्दो डोजाङ्गले ५ स्वर्ण, १ रजत र १ कास्यसहित उपाधिसँगै ५० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड प्रमाणसमेत प्राप्त गरेको हो ।
ब्लड डोनर्स सोसाइटी रत्ननगर अध्यक्षमा रमेश नेपाल सर्वसम्मत
शनिबार, पुस ६, २०८१
ब्लड डोनर्स सोसाइटी रत्ननगर नगर समिति गठन भएको छ । शनिबार रत्ननगर नगरपालिकाको सभाहलमा भएको भेलाले नगर समितिको अध्यक्षमा रमेश नेपाल सर्वसमत चयन भएका छन ।
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने
शनिबार, पुस ६, २०८१
लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार परियोजनामा सहयोग गर्न इण्डियन आयल कर्पोरेशसनको विज्ञ टोली नेपाल आएको छ । “परियोजना विस्तारका लागि पुनः सर्भे हुनुपर्ने देखिएको छ, पाइपलाइन जाने मार्गमा रहेका वन र आरक्ष क्षेत्रका बारेमा पनि अध्ययन भइरहेको छ”, प्रमुख आचार्यले भने, “सम्भवतः अर्को महिनादेखि लोथरसम्म पाइपलाइन विस्तार परियोजनाको काम अघि बढ्छ...
सुदूरपश्चिमका राज्यमन्त्रीको गाडी भारतमा दुर्घटना, तीन जना घाइते
शनिबार, पुस ६, २०८१
राज्यमन्त्री बम सवार प्रदेश ३—०१—०२४ च नम्बको मोटर शनिबार साँझ भारतको पलिया बजार नजिक दुर्घटनामा परेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
कुल पूजा र हाम्रो परम्परा
शनिबार, पुस ६, २०८१
कुल देवता भनेका त्यस्तो सुरक्षा कवच हुन् जसले कुनै पनि वाह्य बाधा, नकारात्मक ऊर्जाबाट परिवारलाई जोगाउँछ । पारिवारिक संस्कार र नैतिक आचरण प्रति समय छँदै सचेत रहनुपर्छ । त्यसैले कुल पूजा तोकिएको तिथि र तोकिएको विधि अपनाएर मात्र सम्पन्न गर्नुपर्छ ।
मुग्लिन–नौबिसे सडक दिउँसो ३ घण्टा बन्द गरिने
शुक्रबार, पुस ५, २०८१
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड आइतबारदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडकखण्डको पोखरेभिर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले यही पुस ७ देखि १३ गतेसम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो ।


