Mero Chitwan
पुङ्गी खोला अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो
पुङ्गी खोला अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो भरतपुर महानगरपालिकाले अतिक्रमित घरटहरा भत्काउने कार्यलाई निरन्तरता दिएको छ । भरतपुरकोमध्य भाग हुँदै बग्ने पुङ्गी खोला अतिक्रमण गरी बनाइएका संरचना महानगरले भत्काएको हो ।
चितवनमा  १० प्रकारका आलुको अध्ययन सुरु
चितवनमा  १० प्रकारका आलुको अध्ययन सुरु चितवनमा आलुका जातको अध्ययन सुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत धान, मकै र आलुको उन्नत जात तथा स्वदेशी हाइब्रिड जात, जातिको अध्ययन परीक्षण तथा प्रविधि अनुसरण कार्यक्रमअन्तर्गत आलुका जातहरुको अध्ययन सुरु गरिएको हो ।
दोस्रो भरतपुर-१९ सांस्कृतिक, व्यापारिक तथा पर्यटन महोत्सव सुरु
दोस्रो भरतपुर-१९ सांस्कृतिक, व्यापारिक तथा पर्यटन महोत्सव सुरु आइतबार एक समारोहबीच भरतपुर महानगरपालिका  प्रमुख रेनु दाहालले महोत्सव उद्घाटन गर्नुभएको हो। शारदानगरस्थित हेल्थ पोस्ट चौरमा आयोजना गरिएको यो महोत्सव मंसिर ९ गतेसम्म सञ्चालन हुने छ । महोत्सवले  क्षेत्रीय सांस्कृतिक पहिचान, व्यापारिक विकास र पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
कालीकोटमा जिप दुर्घटना : मृतक ६ जनाकै सनाखत
कालीकोटमा जिप दुर्घटना : मृतक ६ जनाकै सनाखत जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार मृत्यु हुनेमा पलाता गाउँपालिका–६ की दसकला शाही, सोही ठाउँका पदम बम, भगवती रोकाया र  गणेश शाही, पलाता–५ की छाया शाही तथा पलाता–३ का दमन रोकाया रहेका छन् ।
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको एकल इजलासले सभापति लामिछानेलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।  प्रहरीले सभापति लामिछानेलाई आइतबार कार्यालय समय खुलेलगत्तै म्याद थपका लागि अदालत लगेको थियो । 
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको आरोपमा अनुसन्धान सुरु
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको आरोपमा अनुसन्धान सुरु अधिकारीलाई प्रहरीले विराटनगरस्थित निवासबाटै पक्राउ गरी यति एयरलाइन्सको विमानबाट काठमाडौं ल्याएको हो । उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । 
यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालद्वारा थाइल्याड पराजित
यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालद्वारा थाइल्याड पराजित युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी भएको छ । नेपालले आजको चौथो खेलमा थाइल्याण्डलाई एक सय ६ रनले पराजित गरेको हो । 
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति हवाई भाडा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित सरोकारवालाहरूबीच आज भएको छलफलपछि उक्त विषय कार्यान्वयनका लागि पाँच बुँदे सहमति भएको हो ।
मानव तस्करीमा मुछिएका कोशीका पूर्वमन्त्री अधिकारीलाई एमालेले गर्‍यो निलम्बन
मानव तस्करीमा मुछिएका कोशीका पूर्वमन्त्री अधिकारीलाई एमालेले गर्‍यो निलम्बन एमाले कोशी प्रदेश कार्यालयले विज्ञप्ति जारी गरी अधिकारीले मन्त्रीको हैसियतमा पदीय मर्यादा विपरीत जापान भ्रमण गरेको भन्दै पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरिएको जनाएको हो । 
गैँडाको आक्रमणबाट चितवनमा पथप्रदर्शक घाइते
गैँडाको आक्रमणबाट चितवनमा पथप्रदर्शक घाइते गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–२७ का २८ वर्षीय माझी घाइते भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । उनका अनुसार माझीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान
गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा आज शनिबार तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् । निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन् ।
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा झडप, छ घाइते
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा झडप, छ घाइते ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण पक्षधर र विरोधीबीच झडप हुँदा छ जना घाइते भएका छन् । झडपमा केबलकार बनाउने पक्षका दुई, विपक्षका एक, अन्य स्थानीय एक र सुरक्षाकर्मी दुई गरी छ जना घाइते भएका हुन् । 
Weather Update