Mero Chitwan
रवि लामिछानेलाई ६ दिनको म्याद थप
रवि लामिछानेलाई ६ दिनको म्याद थप कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको एकल इजलासले अनुसन्धानका लागि ६ दिन म्याद थप गर्ने निर्णय गरेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । 
एमाले निर्णय : दानको जग्गाबारे बोल्ने नेतालाई स्पष्टीकरण 
एमाले निर्णय : दानको जग्गाबारे बोल्ने नेतालाई स्पष्टीकरण  नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिवालय बैठकले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका विषयमा पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
रवि लामिछानेलाई अदालत उपस्थित गराइयो सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
टी-२० आई सिरिज : नेपालले अमेरिकालाई दियो १७१ रनको चुनौती
टी-२० आई सिरिज : नेपालले अमेरिकालाई दियो १७१ रनको चुनौती टी-२० आई सिरिजमा नेपालले अमेरिकालाई १ सय ७१ रनको चुनौती दिएको छ । अलराउन्डर कुशल भुर्तेलको शानदार प्रदर्शनमा नेपालले निर्धारित २० ओभरको समाप्तीमा ६ विकेट गुमाएर अमेरिकालाई जितका लागि १ सय ७१ रनको लक्ष्य दिएको हो । कुशलले अविजित रहँदै ५४ बलमा ९२ रन बनाएका हुन् ।
रवि लामिछानेलाई आज अदालतमा पेस गरिँदै
रवि लामिछानेलाई आज अदालतमा पेस गरिँदै सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरी कास्की प्रहरीको हिरासतमा राखिएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई आज अदालतमा पेस गरिने भएको छ।
‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैन : प्रधानमन्त्री ओली
‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैन : प्रधानमन्त्री ओली सामाजिक सञ्जालमा आज उनले ‘पोष्ट’ गरेको सामग्रीमा नागरिक ‘एप’ मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने उल्लेख गरेका छन् ।  सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था पनि सरकारले गरेको छ । 
रवि लामिछानेलाई पोखरा पुर्‍याइयो, भोलिमात्र अदालतमा पेश गरिने 
रवि लामिछानेलाई पोखरा पुर्‍याइयो, भोलिमात्र अदालतमा पेश गरिने  जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा ल्याइएको हो ।
 २०८० कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने
 २०८० कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले कार्यकारी समितिले बिहीबार गरेका निर्णय पनि अनुमोदन गरेको छ । बिहीबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले विपद् प्रभावित ७१ स्थानीय तहलाई तीन वर्गमा विभाजन गर्ने निर्णय गरेको थियो । 
साफ महिला फुटबल : नेपाल र भुटानबीचको खेल बराबरी
साफ महिला फुटबल : नेपाल र भुटानबीचको खेल बराबरी त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार नेपाल र भुटानले गोलरहित बराबरी खेल्दै एक-एक अङ्क बाँडेका हुन् । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलोपटक भुटानसँग गोलरहित बराबरीमा रोकिन पुगेको हो । 
रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीमा डेढ अर्ब अपचलन
रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीमा डेढ अर्ब अपचलन उक्त सहकारी संस्थाको रु एक अर्ब ५० करोड ९० लाख ३० हजार पाँच सय तीन अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०७२ देखि नै उक्त सहकारीको रकम अपचलन हुँदै आएको थियो ।
रवि लामिछाने पक्राउ, गाडीबाट आजै पोखरा लगिँदै
रवि लामिछाने पक्राउ, गाडीबाट आजै पोखरा लगिँदै काठमाडौंबाट पक्राउ परेका उनलाई प्रहरीले सडक मार्ग हुँदै कास्कीको पोखरा लैजाँदै छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका होविन्द्र बोगटी नेतृत्वको टोलीले पक्राउ गरेको हो। 
गोविन्दे हात्तीमा जडान गरियो रेडियोकलर 
गोविन्दे हात्तीमा जडान गरियो रेडियोकलर  निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गोविन्देलाई खोरसोर क्षेत्रमा नियन्त्रणमा लिएर रेडियोकलर जडान गरिएको हो । हात्तीले आक्रमण गर्न थालेपछि त्यसको दाह्रा समेत काटिएको उनले बताए । गोविन्देले गत असोज १७ गते हात्तीसारका एक कर्मचारीलाई आक्रमण गरी मारेको थियो ।
Weather Update