संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिबाटै टुंग्याइन्छ : प्रधानमन्त्री
आइतबार, माघ ७, २०८०

पुलचोक–गोन्द्राङ सडकको काम अन्तिम चरणमा
आइतबार, माघ ७, २०८०
चितवनको भरतपुरस्थित पुलचोक–गोन्द्राङ छ लेन सडक निर्माणको ७५ प्रतिशत काम सकिएको छ । दुईपटक म्याद थप्दा यो सडकको काम अन्तिम चरणमा पुगेको हो ।

रुसी उपविदेशमन्त्रीसँग परराष्ट्रमन्त्री साउदले भने–नेपालीलाई सेनामा भर्ना नलिनूस्
शनिबार, माघ ६, २०८०
रुसले रुसी सेनामा भर्ना भई युद्धका क्रममा मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिने प्रक्रिया अघि बढाउन पहल गरिने जनाएको छ । असंलग्न राष्ट्रहरुको आन्दोलन–नामको युगाण्डामा भइरहेको सम्मेलनका अवसरमा परराष्ट्रमन्त्री एनपी साउदसँगको भेटवार्तामा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनले यस्तो बताएका हुन् ।

युगाण्डा पुगेर प्रधानमन्त्रीले भने–संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन प्रतिबद्ध छौं
शुक्रबार, माघ ५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्क्रमणकालीन न्यायलाई सबैको सहमतिमा निष्कर्षमा पुर्याएर दिगो शान्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सहकारीका बचतकर्ताको सुरक्षा मेरो पहिलो प्राथमिकता : रवि लामिछाने
शुक्रबार, माघ ५, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीका बचत कर्ताहरूको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्।भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारहरुसंगको भेटमा लामिछानेले बचत कर्ताको रकम फिर्ता गर्नेमा आफ्नो ध्यान गएको बताएका हुन्।

छ लाख स्मार्ट लाइसेन्स आइपुग्यो, वैदेशिक रोजगारीमा जानेले ३ दिनभित्रै पाउने
शुक्रबार, माघ ५, २०८०
यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) का लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न आदालतको आदेश
शुक्रबार, माघ ५, २०८०
धरानका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न आदालतले आदेश दिएको छ

भारतको गुजरातमा डुङ्गा दूर्घटना हुँदा १२ विद्यार्थीसहित १४ जनाको मृत्यु
शुक्रबार, माघ ५, २०८०
पश्चिमी भारतमा विद्यालयबाट पिकनिकमा लैजाँदै गरेको डुङ्गा पल्टिँदा कम्तीमा १२ विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ

कसरापश्चिममा ध्रुवे र गोविन्देको आतंक, जनता जोगाउने अभियानमा निकुञ्ज
शुक्रबार, माघ ५, २०८०
चितवन राष्ट्रिय निकुञ्जमा रहेका जङ्गली हात्तीले बस्ती पसेर जनतालाई सास्ती दिन थालेपछि जनता जोगाउने र हात्ती धपाउने अभियानमा निकुञ्ज प्रशासन लागेको छ । बिशेषगरी ध्रुवे र गोविन्दे हात्तीले निकुञ्जको मुख्यालय कसराबाट पश्चिम क्षेत्रमा जनतालाई सास्ती दिन थालेपछि जनता जोगाउने र हात्ती धपाउने काम गर्न लागिएको हो ।

इच्छाकामनामा जथाभावी ढुङ्गा निकाल्न थालेपछि पहिरोको जोखिम
शुक्रबार, माघ ५, २०८०
अवैधरुपमा ढुङ्गा उत्खनन गर्न थालेपछि खानीको डाँडाभन्दा तल रहेका चेपाङ गाउँ गारघर, जैथली, चौकीडाँडा, साप्रेनी र बङ्ग्याङलगायतमा पहिरोको जोखिममा बढेको छ

रहेनन् प्रख्यात गीत 'सपना भुलाइ सारा...' का गायक योगेश वैद्य
शुक्रबार, माघ ५, २०८०
नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ । उनको बिहीबार राति साढे १२ बजे उनको निधन भएको हो ।
![बाग्लुङमा दुर्गा प्रसाईंमाथि यसरी भयो मुक्का प्रहार [भिडियोसहित]](https://www.merochitwan.com/uploads/posts/400X300/durga-prasain-1705577895.jpg)
बाग्लुङमा दुर्गा प्रसाईंमाथि यसरी भयो मुक्का प्रहार [भिडियोसहित]
बिहीबार, माघ ४, २०८०
प्रसाईंमाथि आक्रमण गरेको आरोपमा प्रहरीले बाग्लुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई नियन्त्रणमा लिएको छ। उनले किन आक्रमण गरे भन्ने खुलिसकेको छैन ।