Mero Chitwan
अविरल वर्षाले विराटनगर जलमग्न
अविरल वर्षाले विराटनगर जलमग्न  हिजोदेखि परेको अविरल वर्षाले विराटनगर जलमग्न हुन थालेको छ । बिराटनगर महानगरपालिकाका ११, १२, १६, १७ र १८ वडाका अधिकांस भाग जलमग्न भएका छन् । मध्यरातिदेखि परेको पानीले अधिकांश वडा डुबानमा परेका छ्न्
 कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु
 कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु  कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जोशीपुर-३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका-१८ का २७ वर्षीय शालिम चौधरी रहेका छन्
भरतपुरको फुटसलमा माडीका युवक मृत भेटिए, प्रहरीले अनुसन्धान गर्दै
भरतपुरको फुटसलमा माडीका युवक मृत भेटिए, प्रहरीले अनुसन्धान गर्दै भरतपुर–७ गौतमचोकस्थित चितवन फुटसल एन्ड स्पोर्ट्स जोन भित्रको कोठामा एक जना युवक मृत फेला परेका छन् । माडी नगरपालिका–६ बस्ने २३ वर्षिय अखिल सापकोटा घोप्टो परेर सुतेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
एसइईको नतिजा आजै सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ
एसइईको नतिजा आजै सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने जनाइएको छ । विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने छ ।
देशभर मनसुनको प्रभाव, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनको प्रभाव, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेश, बागमती र गण्डकी...
कोशी प्रदेश सरकारविरुद्ध दायर रिट निवेदन खारेज
कोशी प्रदेश सरकारविरुद्ध दायर रिट निवेदन खारेज सर्वोच्च अदालतले कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध दायर गरेको रिट निवेदन खारेज गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले आज रिट निवेदन खारेज हुने फैसला गरेको हो ।
६० केजी सुन तस्करी : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार
६० केजी सुन तस्करी : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार गत वर्ष साउन २ गते हङकङबाट विमानमार्फत स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको ६० केजी सुन प्रकरणको दोस्रो चरणमा २० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । 
मकवानपुरमा जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी
मकवानपुरमा जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी मृत्यु हुनेमा कैलाश गाउँपालिका नामटार बस्ने विनोद लामाका चार वर्षीय छोरा दिपेश लामा, सोही स्थानकी २५ वर्षीया निरुमाया रुम्बा र राक्सिराङ गाउँपालिका ७ दुगुवाङका ५५ वर्षीय बलबहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताइन् । 
माछा मार्दा खोलामा आएको बाढीले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता
माछा मार्दा खोलामा आएको बाढीले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता खोला किनारमा माछा मार्न बसिरहेको बेला खोलामा आएको बाढीले बगाउँदा मोरङको सुन्दरहरैँचा –५ कि २२ वर्षीया प्रेमकला चौधरी (फुदनी) को मृत्यु भएको छ
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा-एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।
Weather Update