सप्तकोशीको बहाव बढेपछि ३५ ढोका खोलिए
शनिबार, असार २२, २०८१
नारायणी गैँडाकोटको बस्तीमा पस्यो
शनिबार, असार २२, २०८१
निरन्तर परेको पानीले गर्दा नारायणी नदीमा आएको बाढी गैँडाकोटको बस्तीमा पसेको छ। लगातार परेको वर्षापछि नारायणी नदीको सतह बढेर गैँडाकोटको बस्तीमा पसेको हो
चितवनको फिस्लिङमा पहिरो जादा पृथ्वी राजमार्ग अबरुद्ध
शनिबार, असार २२, २०८१
चितवनको फिस्लिङमा पहिरो जादा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ

उपत्यकाका नदीमा जलसतह बढेपछि बस्तीहरुमा सतर्कता अपनाउन आग्रह
शनिबार, असार २२, २०८१
काठमाडौं उपत्यकाका बागमती, विष्णुमती नदीमा बाढी आएको छ । नदी छेउका बस्तीहरुलाई सतर्कत रहन आग्रह गरिएको छ ।

मधेश प्रदेश: चार दलका ६ मन्त्री बर्खास्त
शनिबार, असार २२, २०८१
मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई बर्खास्त गर्नुभएको छ

दोलखामा बाढीमा परेर एक जना बेपत्ता , तीन घर बगे
शनिबार, असार २२, २०८१
दोलखाको गौरीशङ्कर गाउँपालिका-९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन्

अविरल वर्षाले देशका विभिन्न भागका १८ वटा राजमार्ग अवरुद्ध
शनिबार, असार २२, २०८१
शुक्रबार रातिदेखिको अविरल वर्षाले देशका विभिन्न भागका १८ वटा राजमार्ग अवरुद्ध भएका छन् भने ६५ वटा राजमार्ग एकतर्फी सञ्चालनमा छन्

नारायणी र पश्चिम राप्तीको जलसतहले सतर्कता पार गर्यो, तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह
शनिबार, असार २२, २०८१
नारायणी नदीको देवघाट जलमापन केन्द्रमा बिहान जलसतह ७.३ मिटर पुगेको छ। नदीको बहाव बढ्दो क्रममा छ। नवलपरासी र चितवनको नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

चितवनको भरतपुरमा पनि एसीसीए कोर्ष सुरु
शनिबार, असार २२, २०८१
नेपालमा लेखा परीक्षण गर्ने जनशक्तिको आवश्यकता बढ्दै गएकाले यस्ता जनशक्ति परिपूर्तिमा सघाउ पुर्याउने उद्देश्यले चितवनमा पनि यो कोर्स सुरु गरिएको संस्थाका रामबहादुर कुँवरले बताए । हाल यहाँ पहिलो ब्याचका विद्यार्थीहरुले कक्षा लिइरहेका छन् ।

काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा भारी वर्षा, कहाँ-कहाँ छ बाढीको जोखिम ?
शनिबार, असार २२, २०८१
काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानहरुमा भारी वर्षा भइरहेको छ। वर्षा जारी हुन सक्ने सम्भावना रहेकाले उपत्यकाका नदी तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध छ ।
बेलायतमा १४ वर्षपछि सत्तामा फर्कियो लेबर पार्टी, को-को बने मन्त्री ?
शुक्रबार, असार २१, २०८१
बेलायतमा लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किएको छ । हिजो सम्पन्न संसदीय निर्वाचनमा लेबर पार्टी ६५० सदस्यीय तल्लो सदन हाउस अफ कमन्समा ४१२ सिटमा विजयी भएको हो । सत्तारुढ कन्जरभेटिभ पार्टी भने १ सय १२ सिटमै खुम्चिएको छ ।
प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने
शुक्रबार, असार २१, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि प्रस्ताव असफल हुने निश्चित भए पनि दाहालले विश्वासको मत लिन लागेका हुन्।
प्रधानमन्त्री दाहालले

आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय सभाबाट पारित
शुक्रबार, असार २१, २०८१
शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजना विधेयक २०८१ (आगामी आर्थिक वर्षको बजेट) पारित गरियोस भनेर राख्नु भएको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो