सहकारीका समस्या समाधान गर्न गभर्नर अधिकारीले प्रस्तुत गरे पाँच सुझाव
सोमबार, असार २४, २०८१

बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता
सोमबार, असार २४, २०८१
कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । बाढीमा डुबेर एक किशोरी बेपत्ता भएकी छिन्

प्रतिनिधिसभा बैठक: लगानी सहजीकरणसम्बन्धी विधेयकमा राष्ट्रियसभाबाट भएको संशोधन स्वीकार
सोमबार, असार २४, २०८१
प्रतिनिधिसभाको आजको बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनलाई स्वीकार गरेको छ

घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु
सोमबार, असार २४, २०८१
घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो

बागमती सरकारबाट बाहिरियो एमाले
सोमबार, असार २४, २०८१
बागमती प्रदेश सरकारबाट नेकपा (एमाले)का मन्त्रीहरुले राजीनामा दिएका छन् । सङ्घमा नेपाली कांग्रेस र एमालेको नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेशमा एमालेका पाँचजना मन्त्रीले राजीनामा दिनुभएको हो ।

एक अर्ब लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन
सोमबार, असार २४, २०८१
चितवनको कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा एक अर्बभन्दा बढीको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । हिमाल, पहाड र तराइको रहनसहनअनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाको अगुवाइमा हालै रिसोर्ट सञ्चालनमा आएको हो ।
गौतमबुद्ध रंगशाला : थप १ करोड ८० लाख बजेट निकासा गर्ने बागमती सरकारको निर्णय
सोमबार, असार २४, २०८१
बागमती प्रदेश सरकारले चितवनको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई थप १ करोड ८० लाख बजेट निकासा गर्ने निर्णय गरेको छ ।

नारायणगढ –बुटवल सडक : वर्षाका कारण विस्तारको काम रोकियो
सोमबार, असार २४, २०८१
सडकमा भएका खाल्डाखुल्डी पुर्ने, वर्षातले बाटो चिप्लो भएको ठाउँमा गिटी राख्ने, पहिरो हटाउनेलगायतको काममा निर्माण व्यवसायीलाई खटाइएको उनले बताए ।

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्न भरतपुर महानगर र निर्माण कम्पनीबीच सम्झौता
आइतबार, असार २३, २०८१
चितवनको भरतपुरस्थित गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिन्चोक बीबीआर जेभीबीच सम्झौता भएको छ ।

दियालो बंगला सर्वसाधारणका लागि खुला
आइतबार, असार २३, २०८१
नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला अब सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । आज एक समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बंगला औपचारिक रूपमा खुला गरेका हुन् ।

कसैले चाहँदैमा राजीनामा आउँदैन : सांसद दाहाल
आइतबार, असार २३, २०८१
‘प्रधानमन्त्री संवैधानिक प्रावधान अनुसार अगाडि बढ्नुहुन्छ । कसैले चाहँदैमा राजीनामा आउँदैन। तपाईंहरूको इच्छाले राजीनामा प्राप्त हुँदैन। २८ गते विश्वासको मत लिने प्रक्रियासम्म पर्खिन यहाँहरूलाई आग्रह गर्छु,’ सांसद दाहालले भने

बाढीले नारायणगढ-नगरवन जोड्ने झोलुङ्गे पुल बगायो, १७१ जनालाई सुरक्षित ठाउँमा सारियो
आइतबार, असार २३, २०८१
चितवनमा नारायणी नदीमा आएको बाढीले नारायणगढ-नगरवन जोड्ने झोलुङ्गे पुल बगाएको छ । गएराति ११:३० को बजेको समयमा भरतपुर-३ न्युरोड र नगरबन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढीले दुबै तर्फको पिल्लर भत्काइ बगाएको प्रहरीले जनाएको छ । यस्तै बाढी बस्तीमा पसेपछि १७१ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ

आज पनि देशैभर पानी पर्ने, सतर्कता अपनाउन मौसम विभागको आग्रह
आइतबार, असार २३, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ । देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वनुमान महाशाखाले...