Mero Chitwan
बागमती प्रदेशसभा बैठक अनिश्चित

हेटौंडा- बागमती प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य भएको २ महिना बितिसक्दा पनि हिउँदे अधिवेशन बोलाउने टुंगो लाग्न सकेको छैन । गत असोज २२ गते अन्तिम बैठक बसेको बागमती प्रदेशसभा अर्को सूचना नभएसम्मका स्थगित गरिएको जानकारी सभामुख भुवन पाठकले सदनलाई गराएका थिए । तर असोज २४ मा वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय सरकारले गरेकाे थियो । 

आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्दा प्रतिपक्षसँग भएको सम्झौता र संसदीय समितिले पूर्णता नपाउँदा प्रदेशसभाको वर्षे अधिवेसनका बैठकसमेत नियमित चल्न सकेको थिएन ।  गत असारमा प्रदेशसभाबाट बजेट पारित गर्ने समयदेखि प्रदेश सरकार दबाबमा पर्दै आएको छ भने त्यसपछिका वैठक समेत प्रभावित हुँदै आएका छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्दा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र प्रतिपक्ष दल राप्रपासँग गरेको सम्झौता कार्यान्वयनमा नआएको विषयले सभा सञ्चालनमा पटकपटक समस्या भएको थियो । सरकार र प्रतिपक्ष दलबीचको आन्तरिक समस्या प्रदेशसभा बैठकमा प्रवेश भएपछि बैठक बस्न सकसपूर्ण हुँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update