Mero Chitwan
तालिबान शासन : महिलालाई चर्को स्वरमा बोल्न र सार्वजनिक स्थानमा अनुहार देखाउन  निषेध
तालिबान शासन : महिलालाई चर्को स्वरमा बोल्न र सार्वजनिक स्थानमा अनुहार देखाउन  निषेध नयाँ कानुनअन्तर्गत महिलालाई घरबाहिर चर्को स्वरमा बोल्न र सार्वजनिक स्थानमा अनुहार देखाउन निषेध गरिएको छ । महिलालाई सार्वजनिक स्थानमा अनुहार छोप्न आदेश दिइएको छ ।
बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २१ घाइते
बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २१ घाइते बाँकेमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्याका अभियुक्तको तस्बिर सार्वजनिक
अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्याका अभियुक्तको तस्बिर सार्वजनिक ह्युस्टन प्रहरीले बुधबार प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो। ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डे सोमबार साँझ आफ्नै घरमा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन्। उनीमाथि गोली प्रहार भएको थियो।
रत्ननगरबाट हराएका तीन बालक परिवारको सम्पर्कमा
रत्ननगरबाट हराएका तीन बालक परिवारको सम्पर्कमा रत्ननगर नगरपालिका ३ घर भएका जोनी तिमिल्सिना, लभ  महतो र कुश महतो बुधबार दिउसो साढे १२ बजे सम्पर्कमा आएका हुन् ।  उनीहरु मंगलबार साँझदेखि  परिवारको सम्पर्कमा थिएनन् । आधारभूत विद्यालय बेल्सीका प्रधानाध्यापक रामचन्द्र महतोका अनुसार तीन जना बालक घरबाट निस्किएर सौराहा गएर बसेको भेटिएका थिए ।
साफ यु-२० च्याम्पियनपसिप फुटबलको उपाधि बंगलादेशलाई
साफ यु-२० च्याम्पियनपसिप फुटबलको उपाधि बंगलादेशलाई बङ्गलादेशले नेपाललाई हराउँदै साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) यु–२० च्याम्पियनपशिप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बङ्गलादेशले सो उपाधि पहिलो पटक जितेको हो । 
सिएमसी कर्पोरेट कप भदौ १४ देखि
सिएमसी कर्पोरेट कप भदौ १४ देखि चितवन जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही भदौ १४ गतेदेखि १७ गतेसम्म ‘सिएमसी कर्पोरेट कप क्रिकेट प्रतियोगिता’ हुने भएको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
संसदमा एमाले र माओवादी केन्द्रका सांसदबीच आरोप-प्रत्यारोप
संसदमा एमाले र माओवादी केन्द्रका सांसदबीच आरोप-प्रत्यारोप प्रतिनिधसभामा एमाले सांसद योगेश भट्टराईले जनयुद्धलाई हिंसा भन्ने शब्द प्रयोग गरेको विषयमा माओवादी केन्द्रका सांसदहरुले आपत्ति जनाएका छन् ।
टीआरसी विधेयक सभामुखबाट प्रमाणीकरण ,राष्ट्रपति समक्ष पठाइयो
टीआरसी विधेयक सभामुखबाट प्रमाणीकरण ,राष्ट्रपति समक्ष पठाइयो सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएक छन्
'हेर्ने कथा' का प्रकाश तामाङलाई तत्काल नागरिकता दिलाउन प्रधानमन्त्रीको निर्देशन
'हेर्ने कथा' का प्रकाश तामाङलाई तत्काल नागरिकता दिलाउन प्रधानमन्त्रीको निर्देशन उनले हिजो राति गृहसचिव एक नारायण अर्याललाई बोलाएर प्रकाशको नागरिकता छिटो बनाउन निर्देशन दिएका हुन् । सचिव अर्यालले दुई चार दिनभित्रै नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाएको यो खबर प्रकाशलाई पठाइसकिएको बताएका थिए ।
साफ यु-२० च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै
साफ यु-२० च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै साफ यु-२० च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपाल र बङ्गलादेश भिड्दैछन् । सेमिफाइनलमा दुवै टोली टाइब्रेकरमा जित हात पार्दै फाइनल पुगेका हुन् ।
लंकुकाे डेरामा आफैंलाई आगो लगाउने बाराका युवकको मृत्यु
लंकुकाे डेरामा आफैंलाई आगो लगाउने बाराका युवकको मृत्यु बाराका एक युवाले आफ्नै शरीरमा आगो लगाएका छन् । बाराको गढीमाई नगरपालिका–४ घर भई हाल भरतपुर महानगरपालिका–३ लङ्कु बस्दै आएका अन्दाजी २२ वर्षीय राजाबाबु जैसवालले आफ्नो शरीरमा आगो लगाएका हुन् ।
अमेरिकाको टेक्सासमा नेपाली विद्यार्थी गोली लागेको अवस्थामा मृत भेटिइन्
अमेरिकाको टेक्सासमा नेपाली विद्यार्थी गोली लागेको अवस्थामा मृत भेटिइन् अमेरिकाको टेक्सासस्थित ह्युष्टनमा नेपाली विद्यार्थी मुना पाण्डे गोली लागेको अवस्थामा मृत भेटिएकी छिन् । उनी सोमबार साँझ छातीमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
Weather Update