Mero Chitwan
घाँघर खोलामा आएको बाढीले माडी–ठोरी सडक अवरुद्ध
घाँघर खोलामा आएको बाढीले माडी–ठोरी सडक अवरुद्ध  इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक केदारमान दोङले घाँघर खोलामा आएको बाढीले माडी–ठोरी सडक सवारीसाधन आवतजावत बन्द भएको जानकारी दिए।  यो खोलामा पुल निर्माणको क्रममा रहेका कारण बाढी आउनासाथ आवतजावत ठप्प हुने गरेको छ । पानी पर्न नरोकिएसम्म सडक सञ्चालन गर्न सम्भव नरहेको उनले बताए। 
भरतपुर अस्पतालमा ओपीडी टिकट लिन टोकन प्रणाली सुरु
भरतपुर अस्पतालमा ओपीडी टिकट लिन टोकन प्रणाली सुरु बहिरङ्ग (ओपिडी) सेवाको टिकट लिन लामो समय लाइनमा उभिनुपर्ने समस्या समाधान गर्न चितवनको भरतपुर अस्पतालले टोकन प्रणाली सुरु गरेको छ । भीड व्यवस्थापनसँगै सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले टोकन प्रणाली सुरु गरिएको हो ।
डिजेल-पेट्रोलको मूल्य घट्यो
डिजेल-पेट्रोलको मूल्य घट्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु एक घटाएको हो ।
कसरी बँच्ने क्रोनिक मृगौला रोगबाट ?
कसरी बँच्ने क्रोनिक मृगौला रोगबाट ? मदिरा सेवन नगर्नुहोस! औषधिहरू, जस्तै आईबुप्रोफेन, चिकित्सकको सल्लाहविना सेवन नगर्नुहोस् । यदि तपाईंलाई मृगौला रोग छ भने यी औषधिहरूले तपाईंको मृगौलालाई झन् हानी पुऱ्याउन सक्छन् । 
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिँदै
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिँदै लामो समय अलपत्र बनेको चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा कामले गति लिन थालेको हो । 
पारा ओलम्पिकमा नेपालकी पलेशाले जितिन् ऐतिहासिक काँस्य पदक
पारा ओलम्पिकमा नेपालकी पलेशाले जितिन् ऐतिहासिक काँस्य पदक के- ४४ महिला ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जित्दै पलेशाले नेपाली खेलकुद इतिहास रचेकी हुन् । कुनै पनि ओलम्पिकमा आधिकारिक पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । 
नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारतको
नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारतको     प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषण गरी नीति निर्माणमा सहयोग पुर्‍यायाउने उद्देश्यले राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ । 
डेढ अर्ब लगानीमा भरतपुरको महानगरीय चक्रपथ
डेढ अर्ब लगानीमा भरतपुरको महानगरीय चक्रपथ भरतपुर महानगरपालिकाले रु एक अर्ब ५० करोडभन्दा बढीको लगानीमा महानगरीय चक्रपथ निर्माण अन्तिम चरणमा पुर्याएको छ । सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा यो बृहत् आयोजना अन्तिम चरणमा पुर्याइएको हो
टुरिष्ट बस एशोसिएसनको अध्यक्षमा न्यौपाने
टुरिष्ट बस एशोसिएसनको अध्यक्षमा न्यौपाने पर्यटक बसमार्फत मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको टिवानले हाल मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट पोखरा, चितवन, लुम्बिनी, जनकपुरलगायत स्थानमा सेवा प्रदान गर्दै आएको छ ।
महको बजारीकरण गरिदिन कृषिमन्त्री समक्ष चितवनका किसानको माग
महको बजारीकरण गरिदिन कृषिमन्त्री समक्ष चितवनका किसानको माग चितवनका किसानले स्थानीय रूपमा उत्पादन भएको महको बजारीकरण गरिदिन माग गरेका छन् । बिहीबार कृषि तथा पशुपक्षी विकास रामनाथ अधिकारीलाई भेटेर किसानहरूले महको उत्पादन र बजारीकरणमा देखिएको समस्या समाधान गरिदिन माग गरेका हुन् । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीसहित काठमाडौँ पुगेका किसानले यही अवस्था रहिरहे किसान पलायन हुन बाध्य हुने...
पाँचथरमा बम बिस्फोट हुँदा दाजुबहिनीको मृत्यु, एक बालक घाइते
पाँचथरमा बम बिस्फोट हुँदा दाजुबहिनीको मृत्यु, एक बालक घाइते पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङमा भएको बम विष्फोटमा दुई जनाको मृत्यु भएको छ । विस्फोटमा परी गम्भीर घाइते स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र अढाइ वर्षकी छोरी प्रिन्साको मृत्यु भएको हो । 
बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जना पक्राउ
बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जना पक्राउ  नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक (डीआईजी) ज्ञानविक्रम शाह र नेपाल प्रहरी कै बहालवाला प्रहरी नायव निरीक्षक (सई)सञ्जय न्यौपानेसहितलाई पक्राउ परेको प्रहरीले जनाएको छ । न्यौपाने हाल मधेस प्रदेशको बर्दिबासमा कार्यरत छन् । 
Weather Update