गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान
शनिबार, कात्तिक २४, २०८१
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा झडप, छ घाइते
शुक्रबार, कात्तिक २३, २०८१
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण पक्षधर र विरोधीबीच झडप हुँदा छ जना घाइते भएका छन् । झडपमा केबलकार बनाउने पक्षका दुई, विपक्षका एक, अन्य स्थानीय एक र सुरक्षाकर्मी दुई गरी...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने
शुक्रबार, कात्तिक २३, २०८१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान...
तनहुँमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या
शुक्रबार, कात्तिक २३, २०८१
बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न
शुक्रबार, कात्तिक २३, २०८१
पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो । बर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर...
भरतपुरको सत्र किलोमा बस ईलेक्ट्रीक हायस ठोक्किँदा ४ जनाको मृत्यु, ६ घाइते
शुक्रबार, कात्तिक २३, २०८१
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको विद्युतीय वाहन र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँएको हो ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै छठ
बिहीबार, कात्तिक २२, २०८१
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर तराई-मधेशसहित देशका विभिन्न ठाउँमा छठ पर्व हर्षाेल्लाससहित मनाइएको छ । पोखरी, तलाउ तथा नदी किनारामा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थितिमा छठ मनाइएको हो ।
राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजाआराधना
बिहीबार, कात्तिक २२, २०८१
राष्ट्रपति पौडेलले काठमाडौँको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर बिहीबार अपराह्न छठी माताको पूजाअर्चना गरेका हुन् ।
छठ पर्वको मुख्य दिन आज, साँझ अस्ताउँदो सूर्यको पूजा गरी मनाइँदै
बिहीबार, कात्तिक २२, २०८१
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको हो ।
यी हुन् डोनाल्ड ट्रम्पको जितका प्रमुख कारण
बुधबार, कात्तिक २१, २०८१
अमेरिकी प्रजातन्त्रको झण्डै २३० वर्षको इतिहासमा यसअघि एक अमेरिकी राष्ट्रपतिले हारेर फेरि चुनाव जितेका छन् । त्यो पनि १३१ वर्षअघि । सन् १८८५ देखि १८८९ सम्म अमेरिकाको राष्ट्रपति रहेपछि डेमोक्रेटिक...
छठमा झकिझकाउ काठमाडौं उपत्यकाका नदी तथा पोखरी
बुधबार, कात्तिक २१, २०८१
काठमाडौँ महानगरपालिकाले कमलपोखरीको चारैतिर पेटीमा बर्तालुलाई बस्ने र सूर्यलाई अर्ध्य दिन घाटलाई व्यवस्थित गरेको छ । करिब पाँच सय बर्तालुुलाई पूजाआजा गर्न कुपन वितरण गरिएको छ भने पूजा सामग्रीको सुरक्षाको...
छठको दोस्रो दिन आज ‘खरना’
बुधबार, कात्तिक २१, २०८१
आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खिर खानेछन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।
रत्ननगरमा बसको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भीर घाइते
बुधबार, कात्तिक २१, २०८१
दुर्घटनामा मोटरसाइकलमा सवार रत्ननगर–१३ अमिलिया बस्ने अन्दाजी २१ वर्षीय सुनिल पौडेलको मृत्यु भएकोहो । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएराति १२ः५१ बजे मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले...
गण्डकी प्रदेशका सांसद दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर
मंगलबार, कात्तिक २०, २०८१
सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र टेकनारायण ढुंगानाको संयुक्त इजलासले गण्डकी प्रदेशका सांसद एवं पूर्व मन्त्री दिपक मनाङेलाई दोषी ठहर गरेको हो । पाटन उच्च अदालतले मनाङेलाई ज्यान मार्ने मुद्दामा दोषी...
अमेरिकामा ४७ औं राष्ट्रपति चयनका लागि मतदान जारी
मंगलबार, कात्तिक २०, २०८१
न्यु ह्याम्पशायरको सानो सहर डिक्सभिल नचमा मध्यरातमा मतदान सुरु भएको हो । उक्त शहरका बासिन्दाले सबैभन्दा पहिले मतदान गर्ने परम्परा ६० वर्षदेखि चल्दै आएको छ । त्यहाँ ६ जनाले मतदान...
रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति
मंगलबार, कात्तिक २०, २०८१
सहकारी ठगी अभियोगमा यही कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कात्तिक १५ गतेदेखि लागू हुनेगरी तेस्रो पटक १० दिनको म्याद थप गरिएको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए...
अमेरिकी राष्ट्रपतिको निर्वाचन आज, ह्यारिस र ट्रम्पबीच कडा प्रतिस्पर्धा
मंगलबार, कात्तिक २०, २०८१
निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवै ब्याटल ग्राउण्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य) मा केन्द्रित थिए । मतदाताहरुको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को...
छठ पर्व आजदेखि विधिपूर्वक सुरु
मंगलबार, कात्तिक २०, २०८१
मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही,...
रवि लामिछानेलाई म्याद थपका लागि मंगलबार अदालतमा उपस्थित गराइने, भैरहवा पनि लगिने
सोमबार, कात्तिक १९, २०८१
यसअघि एक साता हिरासतमा राख्ने अनुमति पाएकोमा त्यो म्याद तिहार बिदाकै बीचमा सकिएकाले प्रहरीले भोलि पुन: कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो ।
देउसीभैलो खेलिरहेकालाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु, ३७ घाइते
सोमबार, कात्तिक १९, २०८१
वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा सोमबार साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो ।