रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
आइतबार, कात्तिक ४, २०८१

टी-२० आई सिरिज : नेपालले अमेरिकालाई दियो १७१ रनको चुनौती
आइतबार, कात्तिक ४, २०८१
टी-२० आई सिरिजमा नेपालले अमेरिकालाई १ सय ७१ रनको चुनौती दिएको छ । अलराउन्डर कुशल भुर्तेलको शानदार प्रदर्शनमा नेपालले निर्धारित २० ओभरको समाप्तीमा ६ विकेट गुमाएर अमेरिकालाई जितका लागि १ सय ७१ रनको लक्ष्य दिएको हो । कुशलले अविजित रहँदै ५४ बलमा ९२ रन बनाएका हुन् ।

रवि लामिछानेलाई आज अदालतमा पेस गरिँदै
आइतबार, कात्तिक ४, २०८१
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरी कास्की प्रहरीको हिरासतमा राखिएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई आज अदालतमा पेस गरिने भएको छ।

इजरायली प्रधानमन्त्री नेतन्याहूको निवासमा ड्रोन आक्रमण
शनिबार, कात्तिक ३, २०८१
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाइ शनिबार लेबनानबाट ड्रोन हमलामा भएको इजरायलको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैन : प्रधानमन्त्री ओली
शनिबार, कात्तिक ३, २०८१
सामाजिक सञ्जालमा आज उनले ‘पोष्ट’ गरेको सामग्रीमा नागरिक ‘एप’ मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने उल्लेख गरेका छन् । सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था पनि सरकारले गरेको छ ।

रवि लामिछानेलाई पोखरा पुर्याइयो, भोलिमात्र अदालतमा पेश गरिने
शनिबार, कात्तिक ३, २०८१
जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा ल्याइएको हो ।

२०८० कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने
शुक्रबार, कात्तिक २, २०८१
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले कार्यकारी समितिले बिहीबार गरेका निर्णय पनि अनुमोदन गरेको छ । बिहीबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले विपद् प्रभावित ७१ स्थानीय तहलाई तीन वर्गमा विभाजन गर्ने निर्णय गरेको थियो ।

साफ महिला फुटबल : नेपाल र भुटानबीचको खेल बराबरी
शुक्रबार, कात्तिक २, २०८१
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार नेपाल र भुटानले गोलरहित बराबरी खेल्दै एक-एक अङ्क बाँडेका हुन् । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलोपटक भुटानसँग गोलरहित बराबरीमा रोकिन पुगेको हो ।

रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीमा डेढ अर्ब अपचलन
शुक्रबार, कात्तिक २, २०८१
उक्त सहकारी संस्थाको रु एक अर्ब ५० करोड ९० लाख ३० हजार पाँच सय तीन अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०७२ देखि नै उक्त सहकारीको रकम अपचलन हुँदै आएको थियो ।

रवि लामिछाने पक्राउ, गाडीबाट आजै पोखरा लगिँदै
शुक्रबार, कात्तिक २, २०८१
काठमाडौंबाट पक्राउ परेका उनलाई प्रहरीले सडक मार्ग हुँदै कास्कीको पोखरा लैजाँदै छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका होविन्द्र बोगटी नेतृत्वको टोलीले पक्राउ गरेको हो।

गोविन्दे हात्तीमा जडान गरियो रेडियोकलर
बिहीबार, कात्तिक १, २०८१
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गोविन्देलाई खोरसोर क्षेत्रमा नियन्त्रणमा लिएर रेडियोकलर जडान गरिएको हो । हात्तीले आक्रमण गर्न थालेपछि त्यसको दाह्रा समेत काटिएको उनले बताए । गोविन्देले गत असोज १७ गते हात्तीसारका एक कर्मचारीलाई आक्रमण गरी मारेको थियो ।

न्यूयोर्कको नेपाली मिडिया खसोखासलाई अमेरिकामा १ लाख डलरको पुरस्कार
बिहीबार, कात्तिक १, २०८१
स्थानीय नेपाली पत्रकारितालाई अझ सुदृढ गर्नका लागि १ लाख डलर राशीसहित खसोखासलाई राष्ट्रिय सम्मान प्रदान गरिएको हो । स्थानीय समाचारलाई पुन: कल्पना गर्ने राष्ट्रिय पहल प्रेस फर्वार्डबाट खसोखासले पहिलो चरणमा नै प्रतिष्ठित अनुदान पुरस्कार प्राप्त गरेको हो ।
साफ महिला फुटबल : भारतद्वारा पाकिस्तान पराजित
बिहीबार, कात्तिक १, २०८१
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा भारतले पाकिस्तानलाई ५–२ गोलअन्तरले पराजित गरेको हो । भारतले खेलको सुरुआतदेखि नै पाकिस्तानमाथि दबाब बनाएको थियो । खेलको पाँचौँ मिनेटमै डाङ्गमेई ग्रेसले गोल गर्दै भारतलाई अग्रता दिलाइन् । त्यस्तै मनिषा कल्यानले खेलको १७औँ मिनेटमा गोल थप्दै भारतको अग्रता दोब्बर बनाइन् ।