Mero Chitwan
नेपाल कबड्डी लिगको उपाधि जनकपुर नाइट्सलाई
नेपाल कबड्डी लिगको उपाधि जनकपुर नाइट्सलाई पहिलो संस्करणको नेपाल कबड्डी लिगको उपाधि जनकपुर नाइट्सले जितेको छ । दशरथ रंगशालाको कभर्डहलमा आज भएको खेलमा काठमाडौं माभरिक्सलाई हराउँदै जनकपुरले उपाधिसहित पाँच लाख पुरस्कार जितेको हो ।
एमाले रत्ननगरको अधिवेशन शनिबारदेखि
एमाले रत्ननगरको अधिवेशन शनिबारदेखि आइतबारसम्म चल्ने अधिवेशन रत्ननगर वडा नं १ सौराहाचोकस्थित होटल गंगोत्री हाइवेमा हुने नगरकमिटीले जनाएको हो । एमालेका वरिष्ट उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री इश्वर पोखरेलले  अधिवेशनको उद्घाटन गर्नेछन् ।
आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले इन्धनको मूल्यमा वृद्धि गरेको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको जनाउँदै निगमले फेरि मूल्य बढाएको हो ।
महिला टी–२० आई त्रिकोणात्मक सिरिज : नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित
महिला टी–२० आई त्रिकोणात्मक सिरिज : नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित महिला टी–२० आई त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको छ । नेदरल्याण्ड्सले दिएको १ सय ५८ रनको चुनौती पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३७ रन मात्र बनाउन सक्यो ।
रत्ननगरका दुई सहकारी संस्थाबीच एकीकरण
रत्ननगरका दुई सहकारी संस्थाबीच एकीकरण वडा नं–२, टाँडीको कामना बचत तथा ऋण सहकारी संस्था र अविरल बहुउद्देश्यीय सहकारी संस्थाबीच एकीकरण गरिएको हो । बुधबार औपचारिक कार्यक्रम आयोजना गरी दुई सहकारी एकीकरण भएको घोषणा गरिएको हो । कामना र अविरल एकीकरण भई “कामना अविरल बचत तथा ऋण सहकारी संस्था” नामकरण गरिएको छ । सहकारी संस्था एकीकरणका...
अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी
अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी त्यस्तै, महासचिवमा रोशन थापा मागर ५ सय ९८ मतसहित निर्वाचित भएका छन् भने कोषाध्यक्षमा फूलमाया रानामगर ५९६ मतसहित निर्वाचित भइन् । उपाध्यक्षहरूमा सन्दिप पुन, ममता अधिकारी, कृष्णबहादुर सुनार, उमेश कँडेल, अटल आचार्य र मदन ढकाल, विराज थापा, दीपा जैसी र अभिमन्यू यादव निर्वाचित भएका छन् ।
इच्छाकामनाका चेपाङ सहिद परिवार सम्मानित
इच्छाकामनाका चेपाङ सहिद परिवार सम्मानित हपनीस्थित सहिद दशरथ चेपाङको जेठो छोरा किष्टबहादुर चेपाङ र माइलो छोरा सुक्रबहादुर चेपाङ तथा अर्का सहिद सन्तबहादुर चेपाङका छोरा अकिल चेपाङलाई बुधवार सहिद दिवसका अवसरमा एक कार्यक्रमकाबीच दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको सङ्घका केन्द्रिय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए ।
भरतपुरको राजमार्ग क्षेत्रमा ७८ किलोमिटरसम्म स्मार्टबत्ती र हाइमास जडान
भरतपुरको राजमार्ग क्षेत्रमा ७८ किलोमिटरसम्म स्मार्टबत्ती र हाइमास जडान उज्यालो शहर–भरतपुर’ अभियान अन्तर्गत पहिलो चरणमा राजमार्गमा एक हजार ८ सय ६५ वटा सडकबत्ती र ८ ठाउँमा हाइमास जडान गरी बत्ती बाल्ने काम सम्पन्न गरिएको भरतपुर महानगरले जनाएको छ ।
६ दिनदेखि भरतपुर अस्पतालमा सेवा दिँदै गोविन्द केसी
६ दिनदेखि भरतपुर अस्पतालमा सेवा दिँदै गोविन्द केसी भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार डा. केसीले छ दिनदेखि बिरामीको स्वास्थ्य उपचार गरिरहेका छन् । ‘उहाँले ओपिडी र वार्डमा भर्ना भएका बिरामी हेरिरहनुभएको छ’, डा.पौडेलले भने ‘उहाँ बुधबारदेखि बिरामीको सेवामा लाग्नुभएको छ ।’
कालिका मन्दिरको वार्षिकोत्सव बुधबारदेखि, के-के छन् कार्यक्रम ?
कालिका मन्दिरको वार्षिकोत्सव बुधबारदेखि, के-के छन् कार्यक्रम ? कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले माघ १६, १७ र १८ गते वार्षिकोत्सव मनाउन लागिएको जनाएको हो । वार्षिकोत्सवको पहिलोदिन कार्यक्रमको उद्घाटन, साँझमा पितृहरुको नाममा बत्ती बाल्ने कार्यक्रम गरेर रातभर जाग्राम बस्ने र १७ गते कालिका भगवतीको विशेष पुजाआजा गरि नवनिर्मित मन्दिरमा देवीको प्रतिमा स्थापना गरिने छ ।...
अमेरिकामा तहल्का मच्चाउँदै चिनिया एआई ‘डीपसिक’
अमेरिकामा तहल्का मच्चाउँदै चिनिया एआई ‘डीपसिक’ यो एआई अमेरिकामा यति लोकप्रिय भयो कि दुई सातामै १६ लाख पटक डाउनलोड भइसकेको छ । ‘डीपसीक’ ले सर्वाधिक चर्चामा रहेको ओपनएआईको च्याटजीपीटीलाई समेत उछिनेको छ भने माइक्रोसफ्टको च्याटबट कोपाइलटलाई समेत टक्कर दिइरहेको छ । एप्पल स्टोरमा सर्वाधिक डाउनलोड गरिएको एप बनेपछि यसले अमेरिकी प्राविधिक कम्पनीमाझ हलचल मच्चाएको छ भने...
कैलाश-मानसरोवर यात्रा यसै वर्षको गर्मीयामबाट सुरु गर्न भारत र चीनबीच सहमति
कैलाश-मानसरोवर यात्रा यसै वर्षको गर्मीयामबाट सुरु गर्न भारत र चीनबीच सहमति भ्रमणका क्रममा दुवै पक्षले जनताबीच आपसी सम्पर्क बढाउन आवश्यक कदम चाल्न पनि सहमति जनाएका छन्। २६ र २७ जनवरीमा मिश्रीको बेइजिङ भ्रमणका क्रममा दुवै देशले आपसी सम्बन्धबारे छलफल गरेका थिए।
Weather Update