Mero Chitwan
इतिहासमा आज : रिचार्ड निक्सन चीन भ्रमणमा निस्किए 
विमानस्थलमा निक्सनलाई स्वागत गर्दै चिनियाँ प्रधानमन्त्री चाउ एन लाई

काठमाडौं–आज फेब्रुअरी २१ । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?

२०२२ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका दुई राज्य लुहान्स्क र दोनेत्स्कलाई स्वतन्त्र घोषणा गर्दै ती क्षेत्रमा सेना परिचालन गरे, जसको राष्ट्रसंघले विरोध गर्‍यो ।

२०१३  : भारतको हैदरावादका थुप्रै स्थानमा भएका शृंखलाबद्ध बम आक्रमणमा १७ जनाको मृत्यु भयो ।  

१९७२ : २१ वर्ष लामो तिक्ततापूर्ण सम्बन्ध अन्त्य गर्दै अमेरिकी राष्ट्रपति रिचार्ड निक्सन चीन भ्रमणमा निस्किए । 

१९५२ : पूर्वी पाकिस्तानको ढाका विश्वविद्यालयमा बंगाली भाषा आन्दोलन सुरु। 

१९२५ : अमेरिकी साप्ताहिक पत्रिकार दि न्युयोर्करको प्रकाशन सुरु ।

१९१६ : पहिलो विश्वमा सबैभन्दा ठूलो क्षति भएको फ्रान्सको ब्याटल अफ भेर्डनको युद्ध सुरु । 

१८४८ : कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले कम्युनिष्ट मेनिफेस्टो प्रकाशन । 

१८७८ : विश्वको पहिलो टेलिफोन डाइरेक्ट्री प्रकाशन । यसमा ५० वटा नम्बर थिए ।्

१८०४ : विश्वको पहिलो रेल यात्रा बेलायतको वेल्समा सुुरु। 
 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update