अवरुद्व पृथ्वीराजमार्ग सात घण्टापछि खुल्यो
शुक्रबार, असार २८, २०८१
पृथ्वीराजमार्गअन्र्तगत व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खसेर अवरुद्व भएको सडक सात घण्टापछि खुलेको छ
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा दुई बस खसेको घटनाप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
शुक्रबार, असार २८, २०८१
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकको सिमलतालको पहिरोमा दुईवटा यात्रीवाहक बस परेका खबरले आफू मर्माहत भएको बताउनुभएको छ । सभापति देउवाले आज एक विज्ञप्ति निकालेर त्रिशूली नदीमा आज बिहान...
त्रिशुलीमा बेपत्ता बस र यात्रुको खोजी जारी, सशस्त्र र नेपाली सेनाका गोताखोर परिचालन
शुक्रबार, असार २८, २०८१
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाएका दुई बस र यात्रुको खोजी जारी छ । बसको खोजीका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर परिचालन गरिएको छ ।
नारायणी नदीले नारायणगढ र देवघाटमा नाघ्यो सतर्कता तह
शुक्रबार, असार २८, २०८१
जल तथा मौसम विज्ञान विभागको देवघाट जलमापन केन्द्रका अनुसार नारायणी नदीको जलसतह ८.७ मिटर पुगेको छ । यहाँ ७.३ मिटर माथिको जलसतहलाई सतर्कता तह र ९ मिटर माथिको जलसतहलाई खतराको...
प्रधानमन्त्री दाहालले आज पाँचौपटक विश्वासको मत लिँदै
शुक्रबार, असार २८, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका...
म्याग्दीमा पहिरोले घर पुरिँदा दम्पत्तिको मृत्यु
शुक्रबार, असार २८, २०८१
म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । घर पुरिँदा तुलप्रसाद र उनकी श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले...
कास्कीमा पहिरोमा पुरिएर एकै परिवारका ७ सहित ९ जनाको मृत्यु
शुक्रबार, असार २८, २०८१
बिहीबार राति सवा १० बजे पोखरा महानगरपालिका १९ तल्नाकोट टाढीमा कुलबहादुर परियारको घर पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडकमा पहिरोले बगाउँदा दुई वटा बस त्रिशूलीमा बेपत्ता
शुक्रबार, असार २८, २०८१
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६३ रहेको बताइएको छ ।
जसपाको केन्द्रीय समिति घोषणा
बिहीबार, असार २७, २०८१
गत जेठ २८, २९ र ३० गते जनकपुरधाममा सम्पन्न महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मत चयन गरेको थियो । अध्यक्ष यादवले आज दुई सय १५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन्...
बाढीपहिरोबाट देशभर १३२ सडक प्रभावित
बिहीबार, असार २७, २०८१
बाढीपहिरोका कारण देशभर एक सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ । सडक विभागको तथ्याङ्कअनुसार आज १३ सडकखण्ड पूर्णरुपमा तथा एक सय १९ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएका छन्...
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित
बिहीबार, असार २७, २०८१
सिंहदरबारमा आज भएको मन्त्रिपरिषद्को बैठकले प्राकृतिक विपत्का कारण राष्ट्रिय परिचयपत्र बनाउन असहज भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
मौवाखोलामा पहिरोे खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
बिहीबार, असार २७, २०८१
चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरोे खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी...
भरतपुर अस्पतालमा आजदेखि एमआरआई सेवा
बिहीबार, असार २७, २०८१
भरतपुर अस्पतालमा आजदेखि ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि बिहीबारदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’...
२९ गतेसम्म मनसुन सक्रिय हुने, सतर्कताका लागि मौसम विभागको आग्रह
बिहीबार, असार २७, २०८१
मौसम पूर्वानुमान महाशाखाले बुधबार रातिदेखि असार २९ गते बिहानसम्म मुलुकका अधिकांश क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ ।
चितवनमा अनुचित लेनदेनका ५९ उजुरी दर्ता
बुधबार, असार २६, २०८१
चितवनमा अनुचित लेनदेन (मिटर ब्याजी) सम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि पछिल्लो पटक ५९ उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयमा ५७ वटा तथा जिल्ला प्रहरी कार्यालयमा दुईवटा उजुरी...
एमाले टाढिएपछि समाजवादी मोर्चालाई सक्रिय बनाउँदै दाहाल
बुधबार, असार २६, २०८१
प्रमुख कम्युनिष्ट घटक एमाले टाढिएपछि र सत्ताबाट बाहिरिने दिन नजिकिँदै जाँदा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चालाई सक्रिय बनाउनेबारे छलफल थालेका छन् ।
२६ रुपैयाँको नुनमा नाफाको लोभ गर्दा...
बुधबार, असार २६, २०८१
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने तथा उपभोग्य अवधि व्यतित भएका खाद्यवस्तु बिक्री गर्ने दुई फार्मलाई तीन-तीन लाख जरिवाना गरेको छ ।
संविधान संशोधन गर्न आयोग बनाउने सहमति भएको छैन : अध्यक्ष ओली
बुधबार, असार २६, २०८१
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनको प्रक्रियामा आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने बताउनुभएको छ
भारतमा यात्रुवाहक बस र दुध ट्याङ्कर ठोक्किँदा १८ जनाको मृत्यु
बुधबार, असार २६, २०८१
उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बुधबार यात्रुवाहक डबल डेकर बस दुध ट्याङ्करमा ठोक्किएर दुर्घटनापछि कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएको प्रहरीले जनाएको छ